प्रविधिमैत्री बन्दै त्रिवि : कीर्तिपुरमा फाइवर जडान हुदै

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 01, 2018 | 04:26:34 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन विश्वविद्यालय सूचना तथा प्रविधि केन्द्रले विश्वविद्यालयलाई फ्रि वाइफाई जोन बनाउने भएको छ । विश्वविद्यालयले नेपाल टेलिकमसँगको सहकार्यमा पहिलो चरणमा कीर्तिपुर परिसरमा फाइवर जडान गरिरहेको छ । 

आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र(सेडा)मा भएको कार्यक्रममा सूचना तथा प्रविधि केन्द्रले कीर्तिपुर परिसरमा फाइवर जडानका काम अन्तिम चरणमा पुगेको, सवै निकायहरुको प्राविधिक नसाङ्कन तयार भएको जानकारी गरएको छ । पहिलो चरणमा केन्द्रीय विभागहरु, केन्द्रीय पुस्तकालय लगायतका निकायहरुमा फाइवर जडान कार्य भइरहेको छ । 

कार्यक्रमा त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले नेपाल टेलिकमसँगको सहकार्यमा उपत्यका लगायत देशभरिका सम्पूर्ण आंगिक क्याम्पसहरुलाई प्रविधिमैत्री बनाउने योजना रेहेका सुनाए । त्रिविलाई प्रविधिमैत्री बनाउने र विद्यार्थीलाई प्रविधिमैत्री कक्षाको ब्वयस्था गरिने उनले बताए । त्रिविले यस प्रयोजनका लागी ९ करोड रुपैया छुट्याइसकेको छ । हाल योमरी कम्पनीले ६ महिना सम्म  काम सक्नेगरी काम गरिररहेको सूचना तथा प्रविधि केन्द्रका प्रमुख दिपक बहादुर शाहीले जनाए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved