ओयो अबदेखि इसेवामा आबद्ध, होटल बुकिङमा १५ प्रतिशत क्यास ब्याकको सुविधा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 24, 2018 | 06:34:28 PM मा प्रकाशित

laxmi  sunrise bank
होटल सेवा प्रदान गर्दै आएको ओयोले होटल बुकिङ र भुक्तानीको लागि इसेवासँग सहकार्य गरेको छ। यस सम्बन्धि सहकार्यमा इसेवाका प्रेसिडेन्ट  अस्गर अलि र ओयोका भाइस प्रेसिडेन्ट प्रसुन चौधरीबीच हस्ताक्षर भएको छ। 

इसेवाका प्रेसिडेन्ट अलिले ओयो र इसेवाको सहकार्यले नेपालको पर्यटन क्षेत्रमा ठुलो टेवा पुग्ने बताए। सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरिसकेको अवस्थामा नेपाल आउने पर्यटकलाई यो सहकार्यले निकै सहयोग पुग्ने अलिको बिश्वास छ। 

त्यस्तै ओयोका भाईस प्रेसिडेन्ट चौधरीले इसेवासंगको सहकार्यले नेपालमा ओयोको बिस्तारका लागि निकै सहज हुने बताए। ओयो र इसेवा दुबै प्रविधिको प्रयोग गरेर ग्राहकलाई अभुतपूर्व सेवादिन सकिन्छ भन्ने विश्वास भएको हुनाले सहकार्य भएको उनको चौधरीको भनाई छ।          

ओयो मार्फत तत्काल काठमाडौं र पोखराका ३५ बढि होटलका ६ सयवटा रूम इसेवामार्फत् बुकिङ गर्न सकिन्छ । ओयोले ६ महिनाभित्रै १ सय ५० होटलका ३ हजार भन्दा बढि कोठा आफ्नो नेटवर्कमा ल्याउने लक्ष्य राखेको छ । 

ओयो र इसेवाको संयुक्त कारोबार सञ्चालन गरेको पहिलो चरणमा काठमाडौंका होटेलहरुमा ७ प्रतिशत र पोखराका होटेलहरुमा १५ प्रतिशत “क्यास व्याक” को सुविधा दिइएको छ। 

इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो। नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त इसेवामा हाल ४६ वटा बैंक सदस्य रहेका छन् । सन् २००९ बाट कारोबार सुरू गरेको इसेवाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष ६० लाखभन्दा बढीले सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब ३५ हजारभन्दा बढी एजेन्ट (इसेवाजोन तथा पोइन्ट) रहेका छन् । 

त्यस्तै ओयोले २०१७ मे २४ तारिख देखि नेपालमा आफ्नो सेवा प्रारम्भ गरेको थियो र छोटो अवधिमा काठमाडौं र पोखरामा गरी ३५ वटाभन्दा बढी होटलसँग सहकार्य गरेको छ । सन् २०१३ मा आफ्नो सेवा प्रारम्भ गरेको ओयोले भारत, चीन, मलेसिया साथै नेपालमा पनि सेवा दिदै आएको छ । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved