टेलिकमद्धारा भूकम्प प्रभावित ४ जिल्लामा निशुल्क इन्टरनेट सेवा सञ्चालन

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 04, 2018 | 04:24:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले भूकम्प प्रभावित चार जिल्लाका विभिन्न स्थानमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणले दिएको समयसिमाभन्दा १ महिना अगावै सेवा सञ्चालनमा ल्याएको हो । दूरसञ्चार प्राधिकरणले टेलिकमसँग सम्झौता गरी भूकम्पबाट अति प्रभावित चार जिल्लाका ७ सय ४७ सेवा केन्द्रमा २०७५ असार मसान्तसम्म इन्टरनेट सेवा उपलब्ध गराउन २०७४ बैशाख २१ मा भनेको थियो । तर टेलिकमले जेठ मसान्त भित्रै तोकिएका सबै सेवा केन्द्रहरुमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो ।  

कम्पनीले भूकम्प प्रभावित सिन्धुपाल्चोकका २१३, काभ्रेपलाञ्चोकका २८९, नुवाकोटका २०५ र रसुवाका ४० स्थानमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो । 

समग्रमा ३१३ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १६९ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र २६५ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट चलाउन सकिने व्यवस्था गरिएको छ ।

जिल्लागत रुपमा हेर्दा सिन्धुपाल्चोकका ९३ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ४९ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ७१ विद्यालय, काभ्रेपलाञ्चोकका १२८ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ५८ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र १०३ विद्यालय, नुवाकोटका ७५ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ५० हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ८० विद्यालय तथा रसुवाका १७ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १२ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ११ विद्यालयमा सो सेवा सञ्चालन गरिएको छ । 

सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ केबीपीएस गतिको अनलिमिटेड इन्टरनेट सेवा, सेवा सञ्चालन भएको दुई  वर्षसम्म निःशुल्क उपभोग गर्न पाउने छन । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved