टेलिकमले फोन र इन्टरनेटको मूल्य नबढाउने

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 15, 2018 | 04:22:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी आर्थिक वर्षको बजेटमा टेलिकमको सेवा शुल्क बढाउने बताएपनि नेपाल टेलिकमले भने उपलब्ध गराउने केही सेवामा मूल्य नबढाउने भएको छ । उपभोक्ताको हितलाई केन्द्रमा राखेर हाललाई सेवाहरु पहिलेकै दरमा उपलब्ध गराउने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । 

सरकारले आगामी साउन १ गते देखि नै लागू हुने गरी भ्वाइस सेवामा टेलिकम सेवा शुल्क ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत पुर्याएको छ । त्यसैगरी डाटा सेवामा १३ प्रतिशत सेवा शुल्क तिर्नु पर्ने भएको छ । पहिले डाटा सेवा प्रयोग गर्दा टेलिकम सेवा शुल्क तिर्नु पर्दैनथ्यो । अब भ्वाइस र डाटा दुवैमा १३ प्रतिशत टेलिकम सेवा शुल्क तिर्नु पर्ने भएको छ । सरकारले लगाएको कर टेलिकम आफैले बहन गर्ने भएको छ । 

कम्पनीले एडिएसलमा पनि पुरानै शुल्कलाई निरन्तरता दिने भएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved