तस्बिरमा पहिलो 'स्मार्ट' मन्त्रिपरिषद बैठक

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 26, 2018 | 10:51:53 PM मा प्रकाशित

laxmi  sunrise bank

केपी शर्मा ओली नेतृत्त्वको मन्त्रिपरिषदले आजदेखि कागजको ठाउँमा डिजिटल बैठक थालेको छ। मन्त्रिपरिषदको बैठकलाई ‘पेपरलेस’ बनाउने सरकारी निति अनुरुप प्रधानमन्त्री र मन्त्रीहरुले कागजको साटो म्याकबुक ऐरको प्रयोग गर्न थालेका हुन। 

मन्त्रिपरिषद् कार्यालयको सूचना प्रविधि शाखाले साउनदेखिका मन्त्रिपरिषद् बैठकमा कागज प्रयोग नगर्ने नीति अख्तियार गरेको थियो। सोहि अनुसार बिहिबारको बैठकमा पहिलो पटक कागज प्रयोग नगरिएको हो। साउन १० गते बसेको मन्त्रिपरिषद् बैठकमा पनि यही अभ्यास अनुसार प्रधानमन्त्रीसहितका मन्त्रीहरुले म्याकबुकको प्रयोग गरेका छन्।

यसअघि नै प्रधानमन्त्री कार्यालयले मन्त्रीलाई ‘म्याकबुक ऐर’ खरिद गरिदिन सबै मन्त्रालयलाई पत्राचार गरेको थियो। सबै मन्त्रीलाई समान किसिमको ल्यापटप होस् भनेर प्रधानमन्त्री कार्यालयले तोकेरै ‘म्याकबुक ऐर’ खरिद गर्न भनेको हो।

प्रधानमन्त्री केपी ‌ओलीको पहलमा मन्त्रिपरिषद् बैठकलाई स्मार्ट बनाइएको हो। बैठकमा पेस हुने विषयवस्तु र छलफललाई चुस्त, सटीक र प्रभावकारी बनाउन मन्त्रिपरिषद् कार्यालयले बैठक कक्षमा ‘अटोमेसिन सिस्टम’ जडान गरेको बताएको छ ।





तस्बिर सौजन्य : प्रधानमन्त्रीको निजी सचिवालय

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved