अयोग्य भनेर हटाइएका झा को प्राधिकरणमा तेस्रो इनिङ सुरु

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 09, 2018 | 07:45:37 PM मा प्रकाशित

laxmi  sunrise bank

तेस्रो पटक दुरसंचार प्राधिकरणमा नियुक्ति पाएका दिगम्बर झाले आइतबार भदौ २४ देखि पदबहाली गरेका छन। आइतबार बिहान सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सपथ ग्रहण गराएपछि झाले पदबहाली गरेका हुन। 

चार महिनाअघि झालाई काम गर्न रोक लगाएको सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा नै पुनर्नियुक्ति पाएका हुन। बिहिबार भदौ २१ गते साँझ बसेको मन्त्रिपरिषदको बैठकमा कुनै प्रस्ताब बिना नै झा लाई नियुक्ति गरिएको हो। झा लाई अध्यक्षमा नियुक्ति दिने बारे मन्त्रिपरिषद्को बैठकमा कुनै छलफल नै नभएको तर बाहिर उनको नियुक्ति भएको समाचार आएको एक मन्त्रीले बताए। 

गत वैशाखमा अविश्वास गरेर काम रोक्न निर्देशन दिएको र असारमा वर्खास्त गरेको सरकार आफैंले झालाई फेरी अर्को ४ बर्षका लागि नियुक्ति दिएको हो। प्राधिकरणमा बसेर बदमासी गरिरहेको भनेर प्राधिकरणको दैनिक प्रशासन बाहेक सबै काम रोक्का गर्न निर्देशन दिएको सरकारले झा लाई पुनर्नियुक्ति दिनुलाई अर्थपूर्ण रुपले हेरिएको छ। चौतर्फी विरोध र आलोचनाकाबीच नियुक्त पाएका झा लाई प्राधिकरण भित्रैबाट असहयोग हुने पूर्वानुमान गरिएको छ। 

मन्त्रिपरिषद्को बैठकमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा नहुनु, कुनैबेला बोलचाल पनि रोकिएका व्यक्तिलाई नै प्राधिकरणको अध्यक्ष बनाउनु, ६५ बर्ष पुगेर जागिरे जीवनबाट अवकाश पाउने उमेरमा पुगेका व्यक्तिलाई नै अर्को ४ बर्ष लामो नियुक्ति दिईनुले धेरैले प्रश्न उठाएका छन।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ मंसिर १९ गते उनी पहिलोपटक प्राधिकरण अध्यक्षमा नियुक्त भएका थिए। उनको पदावधि २०७४ मंसिरमा सकिएको थियो। त्यसपछि २०७४ मंसिरमा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले झालाई आगामी कार्यकालका लागि अध्यक्ष नियुक्त गर्न खोजेका थिए। उनलाई पूरा कार्यकाल नियुक्त गर्ने बस्नेतको प्रस्ताव थियो।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved