प्राधिकरणको ४ प्रतिबन्ध फुकुवा, दिगम्बर झालाई नीतिगत निर्णय लिने बाटो खुल्यो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 23, 2018 | 04:35:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई काम गर्ने बाटो खुल्ला भएको छ। मन्त्रिपरिषदको भदौ ७ को बैठकले प्राधिकरणमा लागाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेसंगै झालाई काम गर्ने बाटो खुला भएको हो। 

प्राधिकरणलाई लगाइएको प्रतिबन्ध फुकुवा भएको प्रधानमन्त्री कार्यालय स्रोतले पुष्टि गरेको छ। सरकारको यस निर्णयसंगै प्राधिकरणलाई लगाइएको चार प्रतिबन्ध खुला भएको छ। 

फुकुवापछि प्राधिकरणले फ्रिकोइन्सी, इजाजत अनुमति, ग्रामिण दूरसञ्चार कोषको रकम सञ्चालन र दुरगामी महत्वको निर्णय गर्न पाउनेछ। यस अघि संचार मन्त्रालयले गत बैशाख १४ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय भन्दै प्राधिकरणलाई दीर्घकालिन असर पर्ने कुनै पनि निर्णय नगर्न निर्देशन दिएको थियो।   

प्राधिकरण प्रमुख बनेलगत्तै झाले भदौ ३१ गते आइतबार राजस्व खातामा ३ अर्ब रुपैयाँ जम्मा गरिदिएका थिए। गत शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त रकम हस्तान्तरणको निर्णय गरेको हो।  

राजश्व खातामा ३ अर्ब ट्रान्सफर गर्ने झाको निर्णय कानुन बिपरित भएको टिप्पणी प्रति प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले दैनिक प्रसासनका काम गर्न प्रतिबन्ध नलगाइएको प्रतिकृया दिए। 'केहि संचार माध्यममा नियम बिपरित रकम हस्तान्तरण भन्ने कुरा आएको छ, त्यो सहि होइन, दिर्घकालिन असर पर्ने निर्णय गर्नलाई मात्र प्रतिबन्ध हो, दैनिक प्रशासन संचालन गर्नलाई होइन' उनले बिजपाटीलाई भने।      



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved