सूचना प्रविधिको क्षेत्रमा थप ८५ हजारलाई रोजगारीको अवसर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 24, 2018 | 09:10:21 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारको तर्फबाट गरिएको एक अध्नययनले नेपालमा सूचना प्रविधि तथा बिजनेस प्रोसेस आउटसोर्सिङ (आइटी/बीपीओ) को क्षेत्रमा ८५ हजार नयाँ रोजगारी सिर्जना हुनसक्ने देखाएको छ । श्रम तथा रोजगार मन्त्रालयले गरेको अध्ययनले हालसम्म यो क्षेत्रमा व्यवस्थित रूपमा १४ हजार ५ सय जनशक्ति  कार्य गरिरहेको तर यसमा ठुलो सम्भावना रहेको देखाएको हो ।

मन्त्रालयका सहसचिव प्रकाश दाहालको संयोजकत्वमा गठित कार्यदलले ३ महिना लगाएर गरेको अध्ययनले पछिल्लो समयमा सूचना प्रविधिको क्षेत्र निरन्तर वृद्धि भइरहेको सन्दर्भमा स्थानीय कम्पनीहरू, सेवामुलक कम्पनी तथा ती दुबै खाले काम समावेश भएका कम्पनीहरू समेत गरी १ हजारभन्दा बढी दर्तावाला कम्पनी रहेको देखाएको छ । 

यस क्षेत्रमा तत्कालै रोजगारीका अवसर वृद्धि गर्न लागि विभिन्न नीतिगत सुधार गर्नु पर्ने प्रतिवेदनमा उल्लेख छ    यसका लागि सरकारी प्रक्रियाहरू एकद्वार प्रणालीबाट संचालन हुनुपर्ने, दश वर्षका लागि सूचना प्रविधिसँग सम्बन्धित कम्पनीलाई ट्याक्स होलिडे हुनुपर्ने र अन्तराष्ट्रिय पेमेन्ट गेटवे सुरु गर्नुपर्ने सुझावहरू प्रतिवेदनले दिएको छ ।

यसका अलावा इन्टरनेटलाई सर्वसुलभ बनाइ कम्पनीहरूलाई छुट प्रदान गर्ने, भिसा प्रक्रियामा सरलीकरण गर्नुपर्ने, मानव संशासन विकास गर्नुपर्ने लगायतका विषयहरूलाई सम्बोधन गर्नु पर्ने उल्लेख छ । त्यस्तै नेपालको आइटी तथा बीपीओ क्षेत्रलाई अन्तराष्ट्रिय ब्रान्डिङ गर्ने, सूचना प्रविधि पार्क सञ्चालन गर्ने, गुणस्तर प्रमाणपत्र जारी गर्ने, तथा सूचना प्रविधि कम्पनी सञ्चालन गर्दा अरु कम्पनीभन्दा फरक ढंगले हेर्ने गरी कार्य गर्नुपर्ने सुझावसमेत प्रतिवेदनले दिएको छ । कार्यदलले आइतबार प्रतिवेदन श्रममन्त्री गोकर्ण बिष्टलाई बुझाएको हो  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved