पोर्न साइट बन्द गर्न सबै सेवा प्रदायकलाई सरकारको निर्देशन, अटेर गरे अनुमति रद्द

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 26, 2018 | 01:54:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले यौनजन्य सामग्रीहरुको प्रसारण गर्ने सबै वेबसाइट बन्द गर्न र गराउन सबै सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको छ । नेपाल दुर संचार प्राधिकरणले त्यस्ता सामग्रीहरुमा विद्युतीय सञ्चार तथा इन्टरनेटको माध्यमबाट हुने पहुँचमा रोक लगाउन तथा त्यस किसिमका वेवसाइटहरु वन्द गर्न सवै दूरसञ्चार सेवा प्रदायक, नेटवर्क सेवा प्रदायक (NSP) तथा इन्टरनेट सेवा प्रदायक (ISP) हरुलाई निर्देशन जारी गरेको हो ।

प्राधिकरणले सेवा प्रदायकहरुलाई लेखेको पत्रमा मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानुनले यौनजन्य सामग्रीहरुको आदान– प्रदान, प्रकाशन र प्रसारणलाई वन्देज लगाएको स्मरण गराईएको छ । त्यस्तै पत्रमा इन्टरनेटको माध्यमवाट यौनजन्य अश्लील सामग्रीमा सहज पहुँचले गर्दा नेपाली समाजको मूल्य मान्यता र सामाजिक सद्भावमा खलल पुगेको तथा समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गरेको उल्लेख गरिएको छ ।

प्राधिकरणले यस निर्देशनको पालना नगरिएको पाईएमा दूरसंचार ऐन, २०५३ बमोजिम जरीवानाको साथै अनुमतिपत्र रद्ध हुने सम्मको कारवाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved