चीनले बनायो विश्वकै लामो समुद्रपार पुल

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 23, 2018 | 03:33:20 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनले समुद्रमा विश्वकै लामो पुल बनाएको छ । । हङकङ, झुहाई–मकाउ नामक पुलको लम्बाइ ५५ किलोमिटर छ । चिनियाँ राष्ट्रपति शी जिनपिङले मंगलबार उद्घाटन गरेपछि बुधबारबाट सर्वसाधारणका लागि पुल खुला गरिने छ ।

हङकङका बस व्यवसायीहरूले यो पुल हुँदै हङकङ–मकाउ–चुहाईका लागि दैनिक ४०० ट्रीप सम्म सेवा दिन सकिने बताएका छन् । साथै १७५ हङकङ डलर पुल शुल्क तिरेपछि नीजि सवारी साधनबाट पनि यात्रा गर्न सकिने छ । 

हङकङको यातायात विभागले सन् २०३० सम्ममा प्रतिदिन २९ हजार सवारी साधन यो पुलबाट गुड्ने बताएको छ । 

पुल बन्नु भन्दा अगाडी हङकङ अन्तराष्ट्रिय विमानस्थलबाट झुझाई पुग्न ४ घण्टा लाग्थ्यो, तर अब यो पुलले चार घण्टाको दुरीलाई ४५ मिनेटमा छोट्याईदिएको छ । यो पुलबाट हरेक दिन ४० हजार गाडी आवत–जावत गर्ने अनुमान गरिएको छ । 

पुल निर्माण गर्न १२० अर्ब युआन खर्च भएको बताइएको छ । यस परियोजनाको कन्सेप्ट सन् २००३ मा आएको थियो, तर सन् २००९ मा निर्माण शुरु गरिएको थियो । 

यो पुलमा चार लाख टनभन्दा बढी स्टिल प्रयोग गरिएको छ । यसले ८ रेक्टर स्केलको भूकम्पलाई थेग्न सक्छ । इन्जिनियरहरुका अनुसार यो पुलको आयु १२० वर्षभन्दा बढी छ ।

हङकङ र मकाउ चीनका दुई अलग स्वायत्त क्षेत्र हुन् । चीनले यस पुलमार्फत् हङकङ र मकाउमा आफ्नो नियन्त्रणको राजनीतिक सन्देश दिएको आलोचकहरुले विश्लेषण गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved