नेपाल टेलिकमको प्रमुख बन्न ११ जना प्रतिस्पर्धामा (नामावली सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2018 | 09:43:56 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दुरसंचार कम्पनी लिमिटेड (एनटिसी) को प्रबन्ध निर्देशक बन्न ११ जनाले आबेदन दिएका छन। आबेदन दिने अन्तिम दिन पुष ११ गते ४ बजेसम्म ११ जनाको आबेदन परेको जनाइएको छ। 

प्रबन्ध निर्देशकका लागि पूर्व प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य, चन्द्रमणी झा, अनिल झा, चन्द्र दास, रामदेव यादव लगायत ११ जनाले निवेदन दिएका छन। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदकको आबेदन मापदण्ड अनुसार भए नभएको रुजू गरी अन्तिम नामावली निकाल्नेछ । त्यसपश्चात  प्रबन्ध निर्देशक नियुक्तिका लागि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको नेतृत्वमा गठित ३ सदस्सीय समितिले आवेदकको योजना, शैक्षिक योग्यता, व्यवसायिक अनुभवलाई आधार मानेर ३ उत्कृष्ट व्यक्तिको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । सिफारिस भएका तीन जनामध्ये एकलाई मन्त्रीपरिषदले प्रबन्ध निर्देशकको रुपमा नियुक्त गर्नेछ ।

समितीमा विज्ञको रुपमा उमाकान्त पराजुलीलाई राखिएको छ भने मन्त्रालय प्रशासन महाशाखाकी प्रमुख राधिका अर्याल सदस्य रहेकी छिन् । सरकारले मंसिर १७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ३ सदस्यीय छनोट समिति गठन गर्ने निर्णय गरेको थियो ।

गत साउन २९ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेपछि टेलिकममा कार्यकारी प्रमुखको पद रिक्त छ। टेलिकममा हाल सूर्यभक्त पोखरेलले कामु प्रबन्ध निर्देशकको भूमिका निर्वाह गरिरहेका छन् ।  

हाल टेलिकमका १ करोड ९५ लाख प्रयोगकर्ता छन। यो नेपालमा टेलिफोन सेवा लिने कुल प्रयोगकर्ताको ४० प्रतिशत हो। कुल १५ अर्ब चुक्ता पूँजी भएको उक्त कम्पनीमा जनताको समेत लगानी छ । टेलिकमको बजार पुँजीकरण १ खर्ब १५ अर्ब भन्दा बढी छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved