आज मध्यराती चन्द्रगहण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2019 | 03:06:17 PM मा प्रकाशित

laxmi  sunrise bank

आज राति यस वर्षकै पहिलो र दुर्लभ चन्द्रग्रहण देखिने भएको छ । आज राति विश्वको सबै कुनाबाट ‘सुपर ब्लड वुल्फ मुन’ रातो र ठूलो चन्द्रग्रहण देख्न सकिने वैज्ञानिहरुले बताएका छन् । प्रत्येक वर्ष रातो र ठूलो चन्द्रग्रहण नलाग्ने हुनाले आज देखिने चन्द्रग्रहणलाई दुर्लभ मानिएको हो । रात परिसकेको मुलुकमा भने चन्द्रग्रहण देखा परिसकेको छ । विशेषगरी उत्तर तथा दक्षिण अमेरिका, यूरोप र अफ्रिकाबाट यस चन्द्रग्रहण प्रस्ट देख्न सकिनेछ ।

पृथ्वी चन्द्रमा र सूर्यको बीचभागमा रहेका बेला ग्रहण लाग्छ । चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्दछ । सूर्यको किरण पृथ्वीको वायुमण्डलबाट प्रतिबिम्बित भएर चन्द्रमामा पुग्दा चन्द्रमा रातो देखिन्छ । यसैलाई ब्लड मुन भन्ने गरिन्छ । चन्द्रमा पृथ्वी नजिक भएकाले यसलाई सुपर ब्लड वुल्फ मुन भनिएको हो ।

आज चन्द्रमा ठूलो र रातो देखिनेछ । प्रक्रिया १ः५१ एएम इस्टर्न टाइम अर्थात नेपाली समयअनुसार १२ बजेर ३६ मिनेटमा सकिनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved