वर्ल्डभ्यु नेपालले दियो पत्रकारलाई मल्टिमिडियासम्बन्धि तालिम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 28, 2019 | 12:36:39 PM मा प्रकाशित

laxmi  sunrise bank

बिश्वपरिदृश्य नेपाल 'वर्ल्डभ्यु नेपाल' ले पत्रकारहरुलाई मल्टीमिडिया सम्बन्धी तालिम दिएको छ। तीन दिने 'स्टोरीटेलिङ भिडियो वर्कशप' नाम दिइएको यस तालिममा सहभागीहरुले मोबाइल फोनको प्रयोगबाट छोटो फिल्म कसरि बनाउने लगायतका बिषयमा जानकारी लिए।

संचार तथा सामाजिक विकासको बिषयमा लामोसमयदेखि काम गर्दै आएको अग्रणी संस्था वर्ल्डभ्यु नेपालले आयोजना गरेको तालिममा मेन स्ट्रिमका (प्रिन्ट, अनलाइन, एफएम) मिडियामा कार्यरत १५ जना पत्रकारहरुको सहभागिता जनाए। तालिममा सिकेको सिप र ज्ञानलाई प्रयोग गरि तेस्रो तथा अन्तिम दिनमा सबै सहभागीहरुले व्यक्तिगत रुपमा 'छोटो फिल्म' बनाए। 

सहभागी अधिकांश पत्रकारहरुले ३ दिने तालिमले आफुलाई प्रविधिसंग झनै नजिक ल्याएको र यसको उपयोगले आगामी दिनमा अझै राम्रो पत्रकारिता गर्न सघाउने प्रतिकृया दिए। पत्रकारितामा दुई दशक भन्दा लामो समय योगदान दिएका कान्तिपुर दैनिकका दिनेश रेग्मीले अहिलेको पत्रकारिता प्रविधिमा आधारित भएकाले आफुले यो वर्कशपमा सहभागिता जनाएको बताए। 

यस तालिमका प्रशिक्षक चर्चित फिल्म निर्माता तथा बिभिन्न विधामा अन्तर्राष्ट्रिय अवार्ड बिजेता रमेश खड्काले तालिमबाट सिकेको ज्ञानको प्रयोगले पत्रकारहरुले प्रविधिलाई पछ्याएर थप राम्रो पत्रकारिता गर्न सक्ने बताए। बिगतमा क्यामेरा खिच्ने, सम्पादन गर्ने र बिषयबस्तु स्क्रिप्ट लेख्ने अलग अलग व्यक्ति हुनेभएपनि अहिले यी सबै काम एक्लैले गर्नुपर्ने अवस्था आएको भन्दै प्रशिक्षक खड्काले अबको पत्रकारहरुमा मल्टिमिडियाबारे आधारभुत ज्ञान अनिवार्य जस्तै भएको बताए। 

त्यस्तै वर्कशपमा मोबाइल जर्नालिज्मसम्बन्धि जानकारी दिंदै अल जजिरा प्लसमा कार्यरत रजनीश भण्डारीले पत्रकारहरुलाई मोबाइल फोनको प्रयोगबाट नै उत्कृष्ट पत्रकारिता गर्नसकिने बताए। बिकसित राष्ट्रमा मात्रै नभई नेपालमा पनि मोबाइल फोनको प्रयोगकर्ता दैनिक बढिरहेको र अबको पत्रकारिताको आधार मोबाइल नै भएको भन्दै पत्रकारहरुलाई मोबाइल फोनको प्रयोग गरेर उत्कृष्ट पत्रकारिता गर्न सकिनेबारे सिकाए। 

त्यस्तै वर्ल्डभ्यु नेपालका अध्यक्ष तथा म्यागसेसे पुरस्कार बिजेता भरतदत्त कोइरालाले पत्रकारितामा मल्टिमिडिया छुटाउननहुने बिषय भईसकेको बताए। यसको प्रयोगबाट थोरै समयमानै पत्रकारले पाठकलाई धेरै कुरा दिन सक्ने बताए। नेपालको पत्रकारिता क्षेत्रमा ५३ बर्षको योगदान पुर्याएका   कोइरालाले आफुले पत्रकारिता सुरु गर्दाको अवस्था र अहिलेको अवस्था प्रविधिका कारणले आकाश जमिनको फरक भएको बताउदै आफ्नो अनुभब समेत सुनाए। 

तालिममा पुर्वमेचीदेखि पश्चिम महाकालीका बिभिन्न जिल्लामा बसेर पत्रकारिता गर्ने पत्रकारहरुले भाग लिए। कान्तिपुर दैनिक, बाह्रखरी, देशसंचार, बिजपाटी डटकम, आर्थिक अभियान, खोजपत्रकारिता केन्द्र, लोकान्तर लगायतका मिडियाहरुमा कार्यरत पत्रकारहरुको सहभागिता रह्यो।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved