टेलिकमको सेवा गल्याङको तुलसीभन्ज्याङमा, सपना साकार गराएको भन्दै कर्मचारीलाई सम्मान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2019 | 11:42:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकम Nepal Doorsanchar Company Limited  दूरसञ्चार कार्यालय गल्याङले सोही नगरको ११ नम्बर वडा तुलसीभन्ज्याङमा आफ्नो सेवा सूचारु गरेको गरेको छ । सोही अवसरमा आयोजित “सेवा शुभारम्भ कार्यक्रम”मा बोल्दै गल्याङ नगरपालिकाका नगर प्रमुख (मेयर) तथा कार्यक्रमका प्रमुख अतिथि भुपराज अधिकारीले नेपाल टेलिकमले गल्याङ नगरपालिकाको विकासमा भरपुर सहयोग गरेकोमा आफूलाई अत्यन्तै खुसी लागेको बताए। 

उनले नेपाल टेलिकमको सेवा विस्तारको कार्यशैली आक्रामक बन्दै गइरहेको बताउँदै यसले सदैव नम्बर १ कम्पनीको रुपमा स्थापित रहिरहन कठिन नहुने धारणा राखे।  सोही अवसरमा उनले टेलिकम कार्यालय गल्याङले वर्तमान अवस्थामा गरिरहेको सेवा विस्तारको कार्यप्रति उच्च प्रशंसा गर्दै कार्यालय प्रमुख राम राज उपाध्यायलाई प्रशंसा पत्र सहित सम्मान गरे।

कार्यक्रममा टेलिकम कार्यालय गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले संस्थाको उन्नतिका लागि अहोरात्र खटिन तयार रहेको बताउँदै आपूmलाई सम्मान गरेकोमा गल्याङ नगरपालिकालाई धन्यवाद व्यक्त गरे। उनले नेपाल टेलिकमको उद्देश्य भनेकै सस्तो दरमा भरपर्दो सेवा उपलब्ध गराउने रहेको बताउँदै सेवा उपभोग गर्न इच्छुक जोकोहीलाई रित्तो हात फर्काउन नहुने धारणा राखे। 

त्यसैगरी कार्यक्रमका सभापति तथा वडा नं.११ तुलसीभन्ज्याङका अध्यक्ष शंकरदेव अधिकारीले सेवा जडान भएकोमा खुसी व्यक्त गर्दै वर्षौदेखिको सपना साकार भएको बताए। उनले आगामी दिनमा समेत यस्तै किसिमको विस्तार कार्यलाई निरन्तरता दिन आग्रह गर्दै सोका लागि आफु सहयोग गनै तत्पर रहेको जानकारी दिए। टेलिकम कार्यालय गल्याङबाट करिब ३ किलोमिटरको दुरीमा रहेको तुलसीभन्ज्याङमा नयाँ नेटवर्क गरी पिएसटिन सेवाका साथै फाइभ एमबिपिएस स्पिड क्षमता भएको एडिएसएल सेवा समेत सुचारु गरेको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved