एनसेलसँग ७१ अर्ब उठाउन निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2019 | 04:20:15 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थसमितिले एनसेलसंग लाभकरसहित उठाउन बाँकी रहेको ७१ अर्ब उठाउन निर्देशन दिएको छ। आज (माघ २७) गते सरोकारवालाहरुसंगको छलफलपश्चात समितिले यस्तो निर्देशन दिएको हो। 

बैठकमा अर्थमन्त्री ड़ा युबराज खतिवडाले एनसेलको बक्यौता ७१ अर्ब रहेको जानकारी गराएका थिए।  उनले  आयकर, मुल्यअभिवृद्धि कर र लाभकर सहित ७१ अर्ब बक्यौता रहेको बताएका हुन्।

एनसेलको सेयर हस्तान्तरणमा लाग्ने पुँजीगत लाभकर बापतको बक्यौता रकम ६१ अर्ब सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा रहेकोमा उक्त बक्यौता सम्बन्धमा हालै मात्र अदालतले फैसला गरेको जानकारी प्राप्त भएको भन्दै अर्थसमितिले निरज गोबिन्द श्रेष्ठको नाममा समेत १२ अर्ब बक्यौता रहेको जानकारी गराएको थियो। 

यसअघि: सरकारलाई एनसेलको माउ कम्पनीको जवाफ: कर तिर्ने दायित्व हाम्रो होइन,तिर्दैनौ

अदालतबाट फैसलाको पूर्णपाठ आएपछि उक्त फैसला यथाशिघ्र कार्यान्वयन गराउन समितिले नेपाल सरकार मन्त्रिपरिषद तथा अर्थमन्त्रालयलाई निर्देशन दिएको छ। त्यस्तै ठुला करदाता कार्यालयबाट टेलिया ग्रुपलाई पुंजीगत लाभकर निर्धारण गर्दा लीएका आधार र कारण देखाउन समेत समितिले निर्देशक दिएको छ। गत साता सर्बोच्चले एनसेल बिक्रीपछिको लाभकर एक्जियटा र एनसेलले तिर्नु पर्ने फैसला गरेको थियो।

यता एनसेलको माउ कम्पनी एक्जीयटाले एक बिज्ञप्ती जारी गरि लाभकर तिर्नुनपर्ने र तिर्नेपरे एनसेलको स्वामित्व बिक्रि गर्ने टेलियासोनेराले नै तिर्नुपर्ने दाबी गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved