फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल अब नेपालमै दर्ता !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2019 | 11:13:37 AM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक संजालहरु अब नेपालमै दर्ता हुनुपर्ने भएको छ। सरकारले सामाजिक सञ्जालले नेपालमा संचालनका लागि दर्ता गर्नुपर्ने व्यवस्था सहितको बिधेयक संसदमा दर्ता गराएको छ। 

सरकारले उक्त व्यवस्था सहितको बिधेयक संसदमा दर्ता गराएसंगै संगै फेसबुक, ट्वीटर, भाइबर जस्ता संचालनमा रहेका सामाजिक संजाल नेपालमै दर्ता हुनुपर्नेछ भने अब संचालनमा आउनेले समेत दर्ता हुनुपर्नेछ। 

दर्ता बिधेयकअनुसार सरकारले सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका कानुनविपरीतका विषय हटाउन निर्देशन दिन सक्नेछ। त्यस्तै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान वा राष्ट्रिय हित वा संघीय इकाईबीचको सुसम्बन्ध खलल पर्नेगरी सम्प्रेषण भएका सूचना सरकारले सञ्जालका सञ्चालकलाई हटाउन निर्देशन दिन सक्ने छ। सामाजिक सञ्जालका सञ्चालकले यस्तो सामग्री नहटाए राज्यविरूद्धको अपराधमा सजाय हुनेछ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकारले दिएको निर्देशन अनुसार कुनै सामग्री नहटाए सामाजिक सञ्जालका सञ्चालकलाई तीन वर्षसम्म कैद वा तीस हजारसम्म जरिवानाको व्यवस्था विधेयकमा छ।  

सामाजिक संजालको दर्ता तथा नियमनको लागि सरकारले बिभागको परिकल्पना गरेको छ। साथै बिधेयकमा सूचना प्रविधि अदालत गठनसम्बन्धी व्यवस्था रहने उल्लेख छ। उक्त बिधेयक संसदको दुवै सदनबाट पारित भएपछि कानुनका रुपमा लागू हुनेछ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved