फेसबुकले गरिदियो जीवित व्यक्तिलाई मृत घोषणा, प्रमाण स्वरुप माग्यो सेल्फी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2019 | 08:57:46 AM मा प्रकाशित

laxmi  sunrise bank

फेसबुकले जिउंदै व्यक्तिलाई मृत घोषणा गरिदिएको छ । यदि मात्र होइन फेसबुकले आफु जीवित रहेको प्रमाण स्वरुप सरकारी कागजात सहितको सेल्फी पठाउन अनुरोध गरेको छ । 

यो नेपाल कै घटना हो । फेसबुकले अन्नपूर्ण पोस्ट दैनिकका बरिष्ठ सवाददाता नरेन्द्र साउदलाई मृत घोषणा गरिदिएको हो । शनिवार फेसबुक लग ईन गर्न खोज्दा यस्तो देखिएको उनले बताएका छन् । अहिले उनको फेसबुक प्रोफाइल खोल्दा  ‘दिस एकान्ट इज इन अ स्पेसल मेमोरिअलाइज्ड स्टेट।’ अर्थात् ‘यो एकाउन्ट विशेष रूपमा स्मरणीय छ।’ बह्न्ने संदेश लेखिएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको फेसबुक अहिले त्यस्तै छ । प्रक्राशको त् मृत्यु भईसकेको छ तर साउद जिउंदै छन् । 

 फेसबुकको हेल्प लाइनले ज्यूँदो रहेको प्रमाणित गर्न सरकारी कागजात सहितको सेल्फी फोटो पठाउन आदेश दिएको उनले बताए । उनले फोटो पठाएको तर फेसबुकले त्यसलाई नमानेको र सरकारी कागजात सहितको सेल्फी पठा भन्ने अर्को आदेश सहितको इमेल लेखेको बताए । साउदका अनुसार उनले संसद् सचिवालयद्वारा वितरित प्रेस कार्ड बोकेको सेल्फी सहितको फोटो राति नै पठाएँका छन् फेसबुकले त्यसपछि कुनै रेस्पोन्स गरेको छैन । 

उनले फेसबुकलाई प्रश्न गर्दै भनेका छन् 'ज्यूँदो मान्छेलाई मृतक घोषणा गर्ने अनि जिउँदो भएको प्रमाण माग्ने ? त्यो अधिकार फेसबुकलाई कसले दियो ? के फेसबुकलाई मान्छे मार्ने र जन्माउने अधिकार छ ? '

उनले आज नै अन्नपूर्ण पोस्टमा एक लेख लेखेर आफन्त र शुभचिन्तकलाई आफु जिउँदै भएको बताएका छन् । उनले भनका छन ' जिउँदो नरेन्द्रले आफैं लेखेको हो यो लेख। जे–जतिले यसअघि मेरो प्रोफाइल हेरेर मनमनै ‘ श्रद्धाञ्जली’ दिनुभयो, कृपया फिर्ता लिइदिनुहोला। किनकि, म जिउँदै छु। र, तपाईंहरूले पनि साथ दिएर बोलिदिनुहोस्– यत्रो अत्याचारको फेसबुकले के क्षतिपूर्ति दिन्छ ? दिनुपर्छ कि पर्दैन ?' 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved