फेसबुक बन्द हुन लागेको पोस्ट शेयर र लाइक गर्नेलाई कारबाही गर्दै सरकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2019 | 05:06:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले फेसबुक बन्द हुन लागेको संदेश प्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ । शनिवार सामाजिक सञ्जालमा सूचना तथा सञ्चार मन्त्रालयको गलत नाम लेखिएको एक पत्र राखी फेसबुक लगायतका सामाजिक संजाल बन्द हुन् लागेको भन्दै अफवाह फैलिएको थियो    । 

संचार तथा सूचना प्रविधि मन्त्रालयले त्यस्तो कुनै सूचना जारि नभएको र यस्तो गलत सुचना प्रवाह गर्नेलाई कारबाहीको प्रक्रिया सुरु गरिएको जनाएको छ । मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले त्यस्ता भ्रामक संदेश हटाउन समेत आग्रह गरेका छन् । त्यस्तै त्यस्ता संदेश पोस्ट गरेको , शेयर गरेको वा लाइक गरेको भए सो समेत हटाउन मन्त्रालयले आग्रह गरेको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved