नेपाल लगायत विश्वभरी फेसबुकमा ठूलो समस्या, भएको के हो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2019 | 09:34:21 AM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक संजाल फेसबुक, इंस्टाग्राम र व्हाट्सऐप प्रयोगकर्ताले बुधबार साँझ समस्या भोग्नुपरेको छ। विश्वका विभिन्न भागहरुमा फेसबुक समुहका यी तिनै प्लेटफर्म प्रयोग गर्ने कयौं प्रयोगकर्ताले फेसबुक, इंस्टाग्राम र व्हाट्सऐपले सहि रुपले काम नगरेको आलोचना गरेका छन।     

फागुन २९ गते साँझदेखि सुरु भएको समस्या अहिलेसम्म पनि पूर्ण रुपमा समाधान भईसकेको छैन।नेपाल लगायत विश्वभरका प्रयोगकर्ताहरुले फेसबुकका प्लेटफर्म बाहेकका अन्य सामाजिक संजालहरुमा यो समस्याका बारेमा आफ्नो राय व्यक्त गरिरहेका छन। 

बिश्वका अधिकांश स्थानमा प्रयोगकर्ताहरुले समस्या भोगेको फेसबुकले स्वीकारेको छ। फेसबुकको आधिकारिक पेजबाट गरिएको ट्वीटमा भनिएको छ, 'हामी जानकार छौं केहि मानिसहरुलाई फेसबुकसंग जोडिएका एप्स प्रयोग गर्नलाई समस्या भईरहेको छ, हामि जतिसक्दो चांडो यो समस्यालाई समाधान गर्ने प्रयासमा जुटेका छौँ।' 

समस्या के हो ?

केही प्रयोगकर्ताले फेसबुक नखुलेको गुनासो गरेका छन् भने केहीले न्यूज फिड खाली देखिएको र केहीले प्रोफाइलमा प्रवेश गर्न नसकेको गुनासो गरेका छन् । स्मार्टफोन एप्स र डेस्कटप ब्राउजरमा समेत यस प्रकारको समस्या देखिएको छ । त्यस्तै बिजनेस एकाउन्टमा पनि समस्या देखिएका छन। त्यस्तै केहिले फेसबुक लग इन नै नभएको समस्या समेत भोगेको बताईरहेका छन।  

फेसबुककाअनुसार यो समस्या डीडीओएस आक्रमणको कारण भएको होइन, जब कुनै ह्याकर कुनै वेबसाइटमा नक्कली ट्राफिक पठाउछन, सर्वरमा भार पर्न गई वेबसाइट सुस्त वा ठप्प हुने गर्छ। यसलाई डिस्ट्रिब्यूटेड डिनायल ऑप सर्विस आक्रमण भन्ने गरिन्छ।  विश्वभर फेसबुकका कारण समस्या भोग्नेको संख्या लाखौं भन्दा बढी रहेको डाउनडिटेक्टर नामको वेबसाइटले दाबी गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved