माछापुच्छ्रे बैंक, टाइम्स रेमीट र ए.एम.भी. टेल कम्पनीको संयुक्त सहकार्यमा ‘रेमिट्याप’ मोबाइल वालेट सेवा सञ्चालनमा आएको छ । विदेशबाट रेमिट्यान्स पठाउन र देशभित्रै पनि आर्थिक कारोबार गर्न यस मोबाइल वालेट प्रयोग गर्न सकिने रेमिट्यापका संस्थापक अनिल शर्माले जानकारी दिएका छन् ।
‘रेमिट्याप’डिजिटल वालेट नेपालमा सुरु गरिएको पहिलो ३६० डिग्री ई–रेमिट्यान्स, ई–पेमेन्ट माध्यम हो । यसको प्रयोग गरी छिटो, सस्तो र सहज तरिकाले रेमिट्यान्स पठाउन सकिने बैंकका सिईओ सुमन शर्माले जानकारी दिए । साथै, यस वालेटको माध्यमबाट अनलाईन, मर्चेन्ट भुक्तानी, आदि जस्ता सेवाहरु ‘रेमिकार्ड’ (इन्किृप्टेड भर्चुअल मनी कार्ड) मार्फत गर्न सकिने छ ।
हाल प्रयोगमा आउने रेमिट्यान्स पठाउने माध्यमहरु बढी समय र खर्चिलो भएकाले त्यसको किल्पको रुपमा यो डिजिटल वालेट प्रयोग गर्न सकिने कम्पनिले जानकारी दिएको छ । साथै नेपालको १०,००० ठाउँबाट रकम झिक्नसकिने व्यवस्था समेत रहेको संस्थापक शर्माले जानकारी दिएका छन् ।
डोमेस्टिक रेमिट्यान्स र बिल भुक्तानीको सुविधा पनि उपभोग गर्न पाउनेछन् । बिल भुक्तानीका अलावा ग्राहकहरुले आफ्नो बैंक खाताबाट वालेटमा तथा वालेटबाट बैंक खातामा आफुले चाहेको रकम समेत स्थानान्तरण गर्न सक्नेछन् । मोबाइल रिचार्ज, प्लेन टिकट, पानी र बत्तिको बिल भुक्तानी, ट्याक्सी भाडा समेत एस डिजिटल वालेटबाट भुक्तान गर्न सकिनेछ । यसका लागी भने भुक्तान दिने र लिने दुवैले ‘रेमिट्याप’ मोबाईलमा डाउनलोड गर्नुपर्ने हुन्छ । यस ‘रेमिट्याप’, आईओएस तथा एन्ड्रोएड्स दुवै अपरेटीङ सिस्टम प्रयोगकर्ताको लागी उपलब्ध छ ।