ट्याक्सी चढ्न मोबाईल एप्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2019 | 03:13:19 PM मा प्रकाशित

laxmi  sunrise bank

ट्याक्सी व्यवसायीले प्रविधिमा आधारित ट्याक्सी सेवा शुरु गर्ने भएको छ । उपत्यका ट्याक्सी  चालक सेवा समाजले मोबाइल एप्समा आधारित ट्याक्सी  सेवा दिने भएको हो । 

उपत्यकाका ५ हजार भन्दा बढि स्वरोजगार ट्याक्सी चालकहरुको समाजले आफ्ना यात्रुहरुलाई प्रविधिमा आधारित हुँदै ट्याक्सी सेवा शुरु गर्ने भएको छ । समाजले मोबाइल एप्स इजीट्याक्सी नेपाल मार्फत वैशाख दोस्रो सातादेखि परिक्षणको रुपमा एप्समा आधारित हुँदै ट्याक्सी सेवा दिने भएको हो ।

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले सरकारी मूल्यदरमा नै सेवा दिने तयारी गरेको छ । समाजले हालको ट्याक्सी भाडा दरले ट्याक्सी सेवा संचालन गर्न कठिन रहेको भन्दै भाडा वृद्धि गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ । भाडादर समायोजन गरेपछि नयाँ मिटर भाडा दरमा आधारित भएर एप्स सेवा संचालन गर्ने उल्लेख गरेको छ ।

काठमाडौं उपत्यकामा मात्र संचालन गरिने इजीट्याक्सी नेपाल एप्स सेवाका लागि यात्रुले सो एप्स डाउनलोड गरेरको हुनुपर्नेछ । आफ्नो मोबाईलमा भएको एप्समा आफूलाई दर्ता गर्नुपर्ने हुन्छ । यसको लागि कस्टमर लगइन रजिस्टर बनाईएको छ । यात्रुले लगइन गरेपछि त्यसमा देखिने रियलटाइम म्यापमा आफू बसेको स्थानदेखि जाने गन्तव्य छनौट गर्नुपर्दछ ।

यात्रुले एप्समा गरेको अनुरोधको आधारमा ट्याक्सीचालले एप्समार्फत अनुरोधलाई स्विकार गर्नेछन् । र त्यसमा भएको यात्रुको मोबाइल नम्बरमा फोन गरी यात्रुलाई सेवा दिनेछन् । 

इजीट्याक्सीनेपाल एप्समार्फत यात्रुले लगइन गरेर अनुरोध गरेको ५ मिनेटभित्रै यात्रुले ट्याक्सी सेवा प्राप्त गर्नेछ ।

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पूर्वा छानेका अनुसार नेपालमा ट्याक्सी चालकलाई निकै हेप्ने गरिन्छ । त्यसैले यात्रुको सुविधालाई ध्यानमा राखी प्रविधिमैत्री ट्याक्सी सेवा संचालन गर्न लागेको उनले बताए । सफ्टवेयर कम्पनीको सहयोगमा तयार पारिएको एप्सबाट यात्रुले अनुरोध गरेका ५ मिनेटमै सेवा दिने उनले बताए ।

हालको लागि यात्रुले सो एप्समा लगइन गरेर यात्रा गर्दा नगदमा नै भुक्तानी गर्न सक्नेछन् । केहि समय पछि भने डिजिटल वालेटमार्फत भाडा भुक्तानी गर्ने सुविधा आउने अध्यक्षको भनाई छ ।  ।

छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved