ट्वीटरका सिइओलाई ट्रम्पको प्रश्नः मेरा फलोअर घट्नुको कारण के हो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2019 | 04:34:17 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरका प्रमुख कार्यकारी (सिइओ) ज्याक डोर्सिलाई आफ्ना फलोअर घटेकोबारे जिज्ञासा राखेका छन् । ट्रम्पले सिइओ डोर्सिलाई भेटेरै आफ्ना फलोअर घट्नुको कारणबारे सोधेका हुन् । 

जवाफमा डोर्सिले ट्वीटरले फेक अकाउन्ट हटाउने अभियान चलाईरहेकाले चर्चित व्यक्तिका फलोअर घटेको जवाफ दिएका थिए । ट्वीटरले आफूलाई पक्षपात गरेको आरोप लगाउँदै आएका ट्रम्पले डोर्सिसँग मंगलबार भेटपछि भेट राम्रो भएको भनेर ट्वीट गरेका छन् । 

ट्रम्पका फलोअरमध्ये हालसम्म २ लाख ४ हजार फलोअर घटेको जनाईएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved