टेलिकमको सिमकार्ड भारत र चीनमा पनि चल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2019 | 04:23:11 PM मा प्रकाशित

laxmi  sunrise bank

भारत र चीनमा नेपाल टेलिकम Nepal Doorsanchar Company Limited को सिम चल्ने भएको छ । टेलिकमले प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएपछि जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरु चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सक्ने भएका हुन् । 

सोमबारबाट सुरु हुने यो सेवा अहिले तत्काललाई भारत र चीनमा लागू हुनेछ । भारत र चीनका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत फोन गर्न सकिने टेलिकमले जनाएको छ ।

चीनमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ५० रुपैयाँ  लाग्नेछ भने चीनबाट नेपालमा कल गर्दा प्रतिमिनेट ९० रुपैयाँ लाग्ने छ । त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा  प्रतिमिनेट ५३ रुपैयाँ लाग्नेछ । 

भारतमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्नेछ भने भारतबाट नेपालमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्ने छ । त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ लाग्ने छ । 

भारत वा चीनबाट नेपालबाहेकका देशमा कल गर्दा प्रतिमिनेट ३ सय ९७ रुपैयाँ लाग्ने छ । एसएमएसको हकमा चीनबाट नेपाल पठाउँदा प्रति एसएमएस ५४ रुपैयाँ र भारतबाट प्रति एसएमएस २४ रुपैैँया लाग्ने छ । एसएमएस प्राप्त गर्न कुनै शुल्क लाग्ने छैन ।

कम्पनीको वार्षिकोत्सवको अवसरमा गत माघ २२ गते ‘प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ’ सेवाको सफ्ट लन्च गरेको थियो । सो सेवालाई अहिले व्यावसायिक रुपमा सञ्चालनमा ल्याइएको जनाईएको छ । 

कम्पनीले हालसम्म जीएसएम पोष्टपेड सेवामा मात्र अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको थियो । अब भने प्रिपेड मोबाइलमा समेत यो सेवा प्रयोग गर्न सकिने छ । यसका लागि कुनै थप धरौटी राख्नु नपर्ने र आफ्नो मोबाइलमा भइरहेको ब्यालेन्सबाट उक्त सेवा प्रयोग गर्न सकिने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved