देशैभर बन्द भए विदेशी टिभी च्यानल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 03:28:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार दिउँसो ३ बजे बाट नेपालभरका बिदेशी टिभी च्यानल बन्द भएका छन्  । इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले २४ घण्टाको लागि बिज्ञापन प्रसारण हुने सम्पूर्ण बिदेशी च्यानल बन्द गरेका हुन् ।

प्रस्तावित विज्ञापन ऐन, २०७६ को विरोधमा ९ गते दिउँसो ३ बजेदेखि १० गते दिउँसो ३ बजेसम्म विदेशी च्यानलहरु बन्द गरिएको हो  । प्रस्तावित ऐनमा क्लिन फिडको प्रावधान रहेको र त्यो लागु गर्दा कस्तो परिस्थिति र प्रभाव पर्छ भनेर सम्पूर्ण सरोकारवालालाई अवगत गराउन च्यानल बन्द गरिएको महासंघका अध्यक्ष सुधिर पराजुलीले जानकारी दिए ।  नेपालमा प्रशारण हुनेमध्ये ८५ प्रतिशत च्यानलहरु विदेशी छन् ।

बिदेशी च्यानलहरु बन्द हुँदा नेपाली दर्शकहरुले अहिले चलिरहेको क्रिकेट विश्वकप, कोपा अमेरिका फुटबल लगायतका कार्यक्रमहरु हेर्न पाउने छैनन्   ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved