मेरो सुरक्षाले मोबाईल हराएमा ७ दिन भित्रमा नयाँ दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2019 | 12:31:23 PM मा प्रकाशित

laxmi  sunrise bank

मेरो सुरक्षाले मोबाइल प्रोटेक्शन प्लान बजारमा ल्याएको छ । यस अन्तर्गत सेवाग्राहिले जुनसुकै स्मार्टफोन बिग्रिएमा, हराएमा वा चोरी भएमा, कुनै कारणले मोबाइल चर्किएमा, आगो वा पानीले भौत्तिक रुपमा नोक्सान पुगेमा, मेरो सुरक्षाको योजना अनुसार सबै डाटा रिकभरिसहित मर्मत सम्भार सेवा तथा ७ दिन भित्र नयाँ मोबाइल पाउने छन् ।

यो सेवामा आबद्ध हुनको लागि सेवाग्राहीले आफ्नो मोबाइल भ्यालुको ५ प्रतिशत रकम वार्षिक रुपमा मेरो सुरक्षालाई भुक्तान गर्नुपर्ने हुन्छ । प्रयोगकर्ताले गुगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट मेरो सुरक्षाको मोबाइल एप डाउनलोड गरी प्रोटेक्सन प्लान एक्टिभेट गर्नुपर्ने हुन्छ ।

सेवा सुरु गरेको छोटो समयमा नै ५० हजार बढी मोबाइल प्रयोगकर्ता मेरो सुरक्षाको मोबाइल प्रोटेक्शन प्लानमा आवद्ध भईसकेका छन् । दैनिक दुई सयभन्दा बढी मोबाइल प्रयोगकर्ता प्रोटेक्सन प्लानमा सहभागि हुने गरेको मेरो सुरक्षाले जनाएको छ ।

सेवाग्राहिको आबश्यकतालाई ध्यानमा राखि मेरो सुरक्षाले पश्चिम नेपालका तीन शहर बुटवल, पोखरा र पाल्पामा शाखा बिस्तार  गरेको छ । राजधानी तथा बीरगञ्ज र चितवनमा पाएको सफलतासँगै मोबाइल प्रयोगकर्ताको आवश्यक्तालाई ध्यानमा राखेर सेवा बिस्तार गरिएको मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवारले बताए । 

साथै कम्पनिले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा मोबाइलको एक लाख रुपैयाँ बराबरको बीमा सेवा पनि निशुल्क उपलब्ध गराउँदै आएको छ ।मोबाइल प्रोटेक्सन प्लानले मोबाइलका लाखौं प्रयोगकर्ता, मोबाइल व्यवसायी तथा राष्ट्रलाई योगदान पुर्याउने विश्वास कम्पनिको रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved