आइसिटी अवार्डको लागि भोटिंङ खुला, यस्तो छ अनलाइन र एसएमएसबाट भोट गर्ने तरिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2019 | 02:06:50 PM मा प्रकाशित

laxmi  sunrise bank

 आइसिटी अवार्डको चौथो संस्करणको लागि भोटिंङ खुला भएको छ । अवार्डका कुल ९ विधा मध्ये ३ वटा विधामा साउन २ गतेद्केही भोटिंङ खुला भएको हो । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड विधाका उत्कृष्ट ५ को घोषणा भएर भोटिंङ खुला भएको हो । 

को को परे मनोनयनमा ?

स्टार्टअप आइसिटी अवार्ड २०१९ का उत्कृष्ट ५

  • ई–डिजिटल नेपाल प्रालि
  • हाम्रो टेक्नोलोजी प्रालि
  • खाली सिसी म्यानेजमेन्ट प्रालि
  • युजी केक्स
  • वाकम्यान ‘ग्रिन क्वेन्स’


प्रडक्ट आइसिटी अवार्ड २०१९ का उत्कृष्ट ५

  • विधाना
  • डेल्टा सेल्स एप
  • इन्सपेला
  • मबैंक
  • मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस


राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०१९ का उत्कृष्ट ५

  • हेल्प इआर
  • नयाँ किनमेल
  • प्रशासन ई
  • रक्तदान
  • वाटर टेस्टर एप 


तीनै विधाका उत्कृष्ट ५ का लागि  साउन १८ गते राती १२ बजेसम्म अनलाइन र एसमएस भोटिङ गर्न सकिने अवार्ड कार्यक्रमका संयोजक राजन लम्सालले जानकारी दिए । अवार्डका अन्य ६ विधाका लागि निर्णायक मण्डलको समूहले छनोट प्रक्रिया जारी राखेको छ । यसअन्तर्गत पायोनियर आइसिटी अवार्ड, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, आन्ट्रप्रनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड,  डिजिटल एजुकेशन आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड रहेका छन् ।

कसरि गर्ने भोटिंङ ?

अनलाइनबाट भोट गर्नको लागि आईसीटि अवार्डको वेबसाइटमा गएर मेनुबारमा रहेको अनलाइन भोटिंङमा क्लिक गर्नु पर्छ । त्यसपछि ३ वटै विधामा छनौट भएका ५ कम्पनीहरु देख्न सकिन्छ ।हरेक विधाको तल देखिने भोट नाउ भन्ने अप्सनमा क्लिक गरेपछि एउटा फर्म खुल्छ ।  त्यसमा आफ्नो नाम, इमेल आइडी र फोन नम्बर इन्टर गरेर भोट गर्न सकिन्छ ।

एसएमएसबाट भोट गर्न निम्न फर्म्याटको एसएमएस ३१००७ मा पठाउनु पर्छ  । 

 ICT<SPACE><VOTING-CODE> 

कोड तलको तस्विरमा हेर्न सकिन्छ  । 








उदाहरणको लागि पहिलो विधामा रहेको हाम्रो टेक्नोलोजीको लागि भोट गर्न ICT <space> 102 टाइप गरेर ३१००७ मा पठाउनु पर्ने छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved