प्रधानमन्त्री ओलीको नाममा कसले खोल्यो अश्लिल वेबसाइट ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2019 | 07:44:50 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा अश्लिल  वेबसाइट खोलेको भेटिएको छ । केपीशर्मा ओली डटकम नामको वेबसाइटमा अश्लिल सामाग्री भेटिएको हो । यो प्रधानमन्त्रीको आधिकारिक वेबसाइट होइन । उनको आधिकारिक वेबसाइट केपीशर्मा ओली डटकम डट एनपी हो  ।  

तर ओली कै आधिकारिक वेबसाइटको नामबाट पछाडी डट एनपी हटाएर मिल्दोजुल्दो हुने गरि कसले वेबसाइट खोल्यो भन्ने खुल्न सकेको छैन  । यो वेबसाइट खोल्दा चिनियाँ भाषामा केहि अक्षरहरु देखिन्छन् भने दाहिने पट्टि एक नग्न युवतीको फोटो छ  । साथै एन्ड्रोईड र आईओस  एप्लिकेशन डाउनलोड गर्नको लागि लिंक उपलब्ध छ  । वेबसाइटमा ओलीको फोटो वा उनी संग सम्बन्धित केहि पनि सामग्री भने छैन  ।

प्रधानमन्त्रीको सचिवालयले केपीशर्मा ओली डटकम डटएनपी मात्र आधिकारिक वेबसाइट रहेको र केपीशर्मा ओली डटकम आफुहरुले दर्ता समेत नगरेकोले भ्रममा नपर्न आग्रह गरेको छ । यद्यपि यस विषयमा छानविन गरेर उक्त साइटलाई हटाउन लगाउने तयारी सचिवालयको छ ।

प्रधानमन्त्रीका आईटी विज्ञ अस्गर अलीले अन्य मिल्दो जुल्दो पेज हेरी भ्रममा नपर्न आग्रह गरेका हुन् । 



वेबसाइटहरु दर्ताको विवरण राख्ने हु इजमा उपलब्ध विवरण अनुसार यो वेबसाइट गत जेठ १४ मा दर्ता भएको देखिन्छ । १ बर्षको लागि वेबसाइट दर्ता भएको र वेबसाइटको रजिस्ट्रार चीनको छेङदु वेस्ट डाईमेन्सन डिजिटल टेक्नोलोजी कम्पनी लिमिटेड उल्लेख छ   । 

तर रोचक के छ भने सोहि वेबसाइटलाई जाभास्क्रिप्ट बन्द गरेर हेर्दा चीन कै हेनान इन्टरनेशनल रिसोर्सेज ग्रुप कम्पनी लिमिटेड उल्लेख छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved