इन्टरनेट तथा केबल टिभी सेवा प्रदायक कम्पनी सुविसु केबल नेट प्रालिले करिब ९० प्रतिशत इन्टरनेट तथा केवल टिभी सेवा संचालनमा आएको जनाएको छ। मुख्य कार्यालय बालुवाटारमा बुधबार दिउँसो करिब पौने १ बजे आगलागी हुँदा कम्पनीका अधिकांश उपकरणहरु जलेर नष्ट भएपनि थापाथली स्थित कार्यालयबाट सेवा सुचारु गरिसकेको सुबिसुले जनाएको छ।
कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुधिर पराजुलीले बालुवाटारको कार्यालयमा आगलागी भएपनि थापाथलीमा भएको ब्याकअप कार्यालयबाट सेवा संचालन गरिएको बताएका छन।
'बालुवाटार कार्यालयबाट सेवा सुचारु कहिलेदेखि हुन्छ भन्न सकिदैन, तर ब्याकअप कार्यालयबाट ९० प्रतिशत भन्दा बढी सेवा सुचारु भईसकेको छ' पराजुलीले बिजपाटीलाई बताए। आगलागि पछि इन्टरनेट सेवा भन्दा टिभीमा केहि समस्या देखिएपनि अहिले त्यो धेरै ह्दसम्म समाधान भईसकेको पराजुलीले बताएका छन।