आइसिटी अवार्ड विजेतालाई बिना धितो ऋण र १० लाखको बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2019 | 06:24:55 AM मा प्रकाशित

laxmi  sunrise bank

सूचना प्रविधि क्षेत्रको ‘आइसिटी अवार्ड’ को चौथो संस्करणसाउन ३२ गते सोल्टी क्राउन प्लाजामा आयोजना हुदैछ । यस वर्षको आइसिटी अवार्डमा ३ विधाका सर्वोत्कृष्टहरुलाई राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सहुलियतपुर्ण विना धितो ऋण दिने जानकारी गराएको छ । राष्ट्रिय वाणिज्य बैंक अवार्डको बैकिङ पार्टनरको रुपमा रहेको छ । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डका विजेतालाई बैंकले यो सुविधा दिन लागेको हो । 

यसैगरी आइसिटी अवार्डको इन्सुरेन्स पार्टनरको रुपमा रहेको एसियन लाइफ इन्सुरेन्सले सम्पुर्ण अवार्ड विजेताहरुलाई १० लाखसम्मको इन्सुरेन्स गरिदिने जानकारी गराएको छ । यस वर्ष १० वटा विधामा आइसिटी अवार्ड प्रदान गरिनेछ । 

जेष्ठ १ देखि सुरु भएको आइसिटी अवार्डको तयारी साउन ३२ गते ग्राण्ड फिनालेको रुपमा समापन हुनेछ । विभिन्न ९ विधामा २ सय बढिको नोमिनेशन प्राप्त भएको अवार्डको छनौट प्रकृयामा ११ जना जुरी र ८ जना जुरी सल्लाहकारहरुको सहभागिता रहेको छ ।

आइसिटी अवार्ड २०१९ को ३ विधामा उत्कृष्ट ५ को पब्लिक भोटिङ साउन १८ सम्म सञ्चालन भएको थियो भने अन्य ६ विधामा जुरी समुहले फिल्ड भिजिट सहित छनौट प्रकृया जारी रहेको छ । यसैगरी पब्लिक च्वाइस आइसिटी अवार्डको लागि एसएमएस भोटिङ जारी रहेको छ । 

यस वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, पायोनियर आइसिटी अवार्ड, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, आन्टरप्रेनर्स आइसिटी अवार्ड र डायस्पोरा आइसिटी अवार्ड छन् । यसैगरी यस वर्ष डिजिटल एजुकेसन आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड गरी दुई विधा थप गरिएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved