पीओएसमा चल्न थाल्यो भिजा कार्ड, अन्तरबैंक एटिएम कारोबार कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2019 | 11:21:43 AM मा प्रकाशित

laxmi  sunrise bank

पीओएस मेसिनमा भिजा कार्डले काम गर्ने भएको छ। चिनियाँ एटिएम ह्याक प्रकरण पश्चात सुरक्षाको कारण देखाएर पीओएस मेसिनमा भिजा कार्डको प्रयोगमा रोक लगाइएको थियो। 

भदौ ३० देखि चिप बेस भिजा कार्ड पोओएस मेसिनमा सुचारु भएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी ब्यवस्थापन विभागका प्रमुख बम बहादुर मिश्रले जानकारी दिए। पीओएस मेसिनमा भिजा कार्ड सुचारु भएपनि अन्तर बैंक एटिएम कारोबार भने संचालनमा नआएको उनले बताए। 

चिनियाँ ह्याकरले नेपाल इलेक्ट्रोनीक पेमेन्ट सिस्टम (नेप्स) को स्विचमा आबद्द बैंकका भिजा कार्ड प्रयोग गरि नेपाल र भारतका बैंकबाट करिब ४ करोड पैसा निकालेपछि यी भिजाले जारि गरेका एटिएम कार्ड पीओएस मेसिनमा नचल्ने बनाइँएको थियो।  

नेप्सेले बैकल्पिक सिस्टम तयार पारेसंगै पिओएस मेसिनमा भने सोमबारबाट भिजा कार्ड चल्न सुरु गरेको हो। तर अन्तर बैंक एटिएम कारोबारको लागि अझैं केहि दिन लाग्ने राष्ट्र बैंकले जनाएको छ। पिओएस मेसिनमा नेपाली कार्ड चल्न सुरु भएसंगै भारतमा रहेर नेपाली कार्ड प्रयोग गर्ने र नेपालमा पनि पीओएस मेसिन मार्फत भुक्तानी गर्नेलाई ठुलो रहत मिलेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved