गभर्नरको चेतावनी: प्रविधिमा लगानी बढाउनुहोस, नत्र ४ बर्षको नाफा एकै मिनेटमा गायब होला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2019 | 09:40:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले सूचना प्रविधिमा लगानी बढाएर नाफा कमाउन बैंकहरुलाई सुझाब दिएका छन। नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआइ) ले आयोजना गरेको वित्तीय क्षेत्रमा साइबर अपराध सम्बन्धित कार्यक्रममा बोल्दै गभर्नर नेपालले प्रविधिमा लगानी नबढाए जोखिम बढ्ने चेतावनी दिए। 

२० दिनअघि भएको चिनियाँ ह्याक प्रकरणलाई संकेत गर्दै गभर्नर नेपालले भने, 'आइटीमा लगानी नबढाए चार बर्ष लगाएर कमाएको नाफा एकै मिनेटमा गायब होला'। 

वित्तीय क्षेत्रमा साइबर आक्रमण जुनै बेला हुन सक्ने भएपनि प्रविधिमा लगानी बढाएर सुरक्षित रुपले बैंकिंङ गर्नुपर्ने उनले बताएका छन। प्रविधिमा गरिने लगानी बैंक वित्तीय संस्थाको नाफाकै लागि भएकाले प्रविधिमा लगानी बढाउनुको विकल्प नभएको उनले बताए। 

गभर्नर नेपालले नाफा बढाउँनलाई मात्रै नभई सर्वसाधरणको सम्पति सुरक्षाका लागि पनि बैंकहरुले प्रविधिमा लगानी बढाउनु पर्ने बताए। 'बिश्वभर नयाँ नयाँ प्रविधि आइरहेका हुन्छन तर हामीलाई थाहा छैन भन्ने छुट कसैलाई छैन' उनले भने।     

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved