पोखरामा ‘क्यान इन्फोटेक–२०१७ विथ मोबाइल एक्स्पो’ मेला हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2016 | 10:58:28 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरामा क्यान इन्फोटेक मेला हुने भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ कास्की शाखाको आयोजना तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघको सहआयोजनामा आठौं संस्करणको ‘क्यान इन्फोटेक–२०१७ विथ मोबाइल एक्स्पो’ फागुन ५ देखि संचालन हुन लागेको हो। 

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा माघ ५ देखि सुरु हुने मेला फागुन ८ सम्म चल्ने छ। सूचना, प्रविधि तथा संचार क्षेत्रमा नेपालमा भित्रिएका नविनतम प्रविधिहरुका बारेमा जानकारी गराई सूचना तथा प्रविधिको विकासमा योगदान पुर्याउने लक्ष्यले इन्फोटेक गर्न लागिएको आयोजकले जनाएको छ। 
 
 आठौं संस्करणको ‘क्यान इन्फोटेक–२०१७ विथ मोबाइल एक्स्पो’ मेलामा बृहत सूचना प्रविधि प्रदर्शनी, आइसिटि कन्फरेन्स, क्षेत्रीयस्तरको टाइपिङ प्रतियोगिता, इन्फोटेक अवधिभर आइटी क्विच कन्टेस्ट, कम्प्युटर तथा मोबाइलको निःशुल्क मर्मत सेवा, आइसिटी क्षेत्रमा स्थानियस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नविनतम गतिविधिहरु प्रदर्शनी गरिनेछ।
 
इन्फोटेकमा सूचना, प्रविधि तथा संचार सम्बन्धी करिब १ सय १५ वटा स्टलहरु रहने जनाइएको छ। करिब १ लाख दर्शकले इन्फोटेकको अवलोकन गर्ने आयोजकको विश्वास छ। इन्फोटेकबाट बचत रकमलाई बिगतका वर्षहरुमा जस्तै सूचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गरिने भएको छ। 

 
 
 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved