यी हुन् २०१६ का सबै भन्दा खराब पासवर्ड,  यी २५ मध्ये कुनै एक भए तुरुन्त परिवर्तन गर्नुस 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 20, 2017 | 11:45:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०१६ मा खेलकुद , राजनीति लगायतका साथ साथ साइबर अपराधले पनि निक्कै चर्चा बटुल्यो  । ह्याकर्सहरुले करोडौ पासवर्डहरु ह्याक गरेर सार्बजनिक गरिदिए  । याहु र जिमेल पनि यसको शिकार बन्यो  । यदि तपाईले आफ्नो विभिन्न वेबसाइटमा प्रयोग गर्ने पासवर्ड बलियो राख्नु भएको छैन भने अहिले उपलब्ध प्रविधिले ह्याकर्सहरुले सजिलै पत्ता लगाउन सक्छन। 

  पासवर्ड म्यानेजर एप्लिकेशन 'किपर'ले सन् २०१६ मा भएको ह्याकिंगबाट यस बर्षका सबै भन्दा खराब अर्थात् कमजोर २५ पासवर्डको सुची सार्बजनिक गरेको छ । यी पासवर्ड सबै भन्दा सजिला हुन् र सहजै अनुमान गर्न सकिन्छ । यसर्थ यदि तपाईले प्रयोग गर्ने पासवर्ड पनि यी मध्ये कुनै एक भए तुरन्तै प्रतिवार्तन गर्नु बुद्धिमानी हुनेछ ।

यी हुन् यस बर्षका शिर्ष २५ खराब र कमजोर पासवर्डहरु ।

123456

123456789

Qwerty

12345678

111111

1234567890

1234567

password

123123

987654321

Qwertyuiop

Mynoob

123321

666666

18atckd2w

7777777

1q2w3e4r

654321

555555

3rjs1la7qe

google

1q2w3e4r5t

123qwe

zxcvbnm

1q2w3e

यी मध्ये अधिकांश पासवर्डहरु लगातार १० बर्षदेखि खराब पासवर्डको सुचिमा पर्दै आएका छन् ।  तर पनि मानिसहरुलाई यसलाई प्रयोग गर्न भने छोडेका छैनन् । यदि तपाईको पासवर्ड पनि यी मध्ये कुनै छ भने तुरन्त बलियो र सुरक्षित पासवर्ड राख्नुस । 

कसरी राख्ने बलियो पासवर्ड ?

ठुला र साना (capital र small letters  )अक्षरहरुको प्रयोग गर्नुस 

वाक्यांश अथवा केहि उखान टुक्काहरु प्रयोग गर्न सकिन्छ 

पासवर्डमा विभिन्न चिन्हहरु जस्तै !,@,#,$,%,^,&,*, (,) प्रयोग गर्नुस तर सबैलाई लगातार नराख्नुस 

१० अक्षर भन्दा बढीको बनाउनुहोस् तर आफुलाई चाई सम्झनु होस् 

आफ्नो साथी , भाई, परिवार, आफन्त, बिजनेसको नाम राख्नु नै बेश हुन्छ 

1234,  abcd जस्ता सजह पासवर्ड राख्दै नराख्नुस 

आफ्नो फोन नम्बर, घरको ठेगाना, जन्म दिन आदि प्रयोग नगर्नुस

समय समयमा पासवर्ड परिवर्तन गरि रहनुस 

धेरै ओटा वेबसाइटको लागि एकै पासवर्ड प्रयोग नगर्नुस 

आफ्नो पासवर्ड इन्टरनेटमा कतै पनि सेभ (save)  गरेर नराख्नुस

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved