फेसबुकले ल्यायो 'डिस्लाइक बटन', हेर्नुस कसरी प्रयोग गर्ने ?  (भिडियोसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 29, 2017 | 11:56:13 PM मा प्रकाशित

laxmi  sunrise bank

फेसबुकले आफ्ना प्रयोगकर्ताहरुले लामो समयदेखि प्रतीक्षा गरेको 'डिस्लाइक' फिचर ल्याएको छ । फेसबुकले म्यासेन्जर प्रयोगकर्ताका लागि मात्र यो सुबिधा उपलब्ध गराएको हो । 

फेसबुक प्रयोगकर्ताहरुले स्टाटस, फोटो, भिडियोमा दिइने बिभिन्न प्रतिक्रियामा 'डिस्लाइक' बटन  अपेक्षा राखेका थिए तर फेसबुकले भने म्यासेन्जरमा च्याट गर्दा मात्र यो बटन प्रयोग गर्न मिल्ने सुबिधा ल्याएको हो । अन्य ब्राउजर र फेसबुक वेबबाट च्याट गर्दा यो सुबिधा उपलब्ध हुने छैन । साथै  स्टाटस, फोटो, भिडियोमा यो सेवा उपलब्ध छैन ।

म्यासेन्जरमा च्याट गर्दा साथीले दिएको जवाफमा वा आफुले दिएको जवाफमा लाइक, हाहा, वाउ, स्याड , डिसलाइक लगायतका ७ रियाक्सन दिन सकिन्छ । त्यसको लागि जवाफको नजिकै अनुहार जस्तो सानो 'आइकन' हुन्छ, त्यहाँ क्लिक गर्दा यी ७ रियाक्सन देखिन्छन् ।

हेर्नुस भिडियो कसरि प्रयोग गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved