टेलिकमको रिचार्ज समस्या समाधान, सिस्टमलाई पुरानै अवस्थामा फर्काइयो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 08, 2016 | 01:44:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमको 'एनटि रिचार्ज' कार्डमा शानिबारदेखि आएको समस्या समाधान भएको छ। सिस्टम अपडेट गर्न लाग्दा पछिल्लो ४० घण्टादेखि रिचार्जमा देखिएको समस्या शनिबार ३ बजेदेखि समाधान भएको टेलिकमका सहप्रवक्ता डिल्ली अधिकारीले जानकारी दिएका छन। 

उनका अनुसार सिस्टमलाई पून पहिलाकै अवस्थामा(रोलव्याक) गरेपछि समस्या समाधान भएको  हो । 'आधा घण्टामा सकिने भनेर अपडेट सुरु गरियो, तर सफ्टवेयर अपडेट गर्नेक्रममा समस्या देखियो' उनले भने। 

रिचार्जमा समस्या आउना साथ ग्राहकका लागि क्रेडिटबाट कल गर्ने सुविधा प्रदान गर्न लाग्दा सम्भब नभएको उनले बताए।  'शनिबार बिहानैबाटै भोएएमएस सिस्टमको भौचर म्यानेजमेन्ट रिचार्ज कार्ड पुरानो भएको भन्दै क्षमता वृद्धिका लागि सानो सफ्टवेयर अपडेटको काम थालेको तर सिस्टम अपडेट असफल हुँदा समस्या भयो'। दुइपटक सम्मको प्रयास असफल भएपछि समस्या सिर्जना भएको उनले बताए। 

अहिले प्रयोग हुँदै आएको रिचार्ज गर्ने सिस्टम पुरानो भएको र ढिला रिचार्ज हुने गरेका कारण सफ्टवेयर थप गरी क्षमता विस्तार गर्न लागिएको अधिकारीले जानकारी दिए। नयाँ सफ्टवेयरले काम नगरे पुरानै सिस्टममा फर्काएर भएपनि टेलिकमका ग्राहकलाई सुविधा दिईने उनले बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved