फेसबुकसंगको सहकार्यमा नेपालमै पहिलोपटक एफ-८ सम्मेलन हुदै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 13, 2017 | 11:52:24 AM मा प्रकाशित

laxmi  sunrise bank

फेसबुकसंगको सहकार्यमा नेपालमै पहिलोपटक एफ-८ सम्मेलन हुने भएको छ । एम एण्ड एस नेक्सट भेन्चर कर्पले फेसबुकसंगको सहकार्यमा नेपालमै पहिलोपटक एफ-८ सम्मेलन सह-आयोजना गर्न लागेको छ ।


यहाँका स्थानिय व्यावसायी, सूचना-प्रविधि विकासकर्ता र वजार-व्यवस्थापकहरुको सहभागिता रहने उक्त कार्यक्रममा सहभागीहरुले एफ-८ सम्मेलनको ओप्निंग किनोट हेर्दै चियापान र नेट-वोर्किंग गर्नेछन । एफ-८ मिट-अप फेसबुकको वार्षिक विश्व-व्यापी सम्मेलन हो, जहाँ सहभागीहरुले संचार-प्रविधिको नौला उपलब्धि, उपकरण र विकाश नियाल्दै सूचना-प्रविधिको भविष्य र सम्भावना नियाल्ने छन्। एफ-८ अनुभव धेरै भन्दा धेरैमाझ पुर्याउने हेतुले फेसबुकले यो वर्ष एफ-८ सम्मेलन ४५ विभिन्न प्रविधि-सम्पन्न सहरहरुमा लाँदै छ, जसमध्ये नेपालको काठमाडौँ पनि एउटा हो।

नेपालमा पहिलो पटक हुन लागिरहेको यो कार्यक्रम नेपाली व्यवसायी र प्रविधि क्षेत्रको लागी महत्वपूर्ण कदमको रुपमा हेरिएको छ । यस कार्यक्रम मा सहभागी हुन नसक्ने हरुका निमित्त, एफ-८ ले सो कार्यक्रम निम्न लिन्कमा अनलाइन हेर्न मिल्ने ब्यवस्था पनि मिलाएको छ । 

सम्मेलन अप्रिल १९ तारिखका दिन एम एण्ड एस नेक्सट भेन्चर कर्पको कार्यालय नक्सालमा हुनेछ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved