नेपालका ३ ठुला बाणिज्य बैंकहरुमा साइबर आक्रमण, डाटा डिलेट हुने खतरा!

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 19, 2017 | 04:56:18 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व समुदायमा टाउको दुखाई बनेको 'रैनसमवेयर' आक्रमणबाट नेपाल समेत प्रभावित बन्न पुगेको छ। यस भाइरसबाट नेपालका केहि बाणिज्य तथा बिकास बैंक प्रभावित बन्न पुगेको बिजपाटीको जानकारीमा आएको छ। 

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा लगायत विश्वका ९९ देशका ४० बढी संस्थाहरुमा आक्रमण भईसकेको यस भाइरसबाट नेपालका ३ बाणिज्य बैंक र एक राष्ट्रिय स्तरको बिकास बैंकमा समेत आक्रमण भएको खुल्न आएको छ। ३ बाणिज्य बैंक मध्ये २ वटा बिदेशी संयुक्त लगानीमा संचालनमा रहेका बैंक, नेपालीको लगानीमा रहेको बैंक र एक राष्ट्रिय स्तरको बिकास बैंक रहेका छन। 

बिजपाटीलाई प्राप्त जानकारी अनुसार उक्त भाइरसबाट प्रभावित बैंकहरुको सर्भरमा आक्रमण भईनसकेको तर कम्युटरमा भने आक्रमण भएको छ।     

के हुन्छ 'रैनसमवेयर' साइबर आक्रमण ?

यसलाई सजिलो भाषामा 'फिरौती भाइरस' (जसरि पनि तिर्नु पर्ने) भन्ने गरिन्छ। साइबर आक्रमणकारीले यसको प्रयोगबाट कम्पुटरलाई संक्रमित गरि ब्ल्याकमेल गर्ने गर्दछन। 

यस भाइरसबाट कम्युटर कब्जा भए पश्चात साइबर आक्रमणकारीले सबै फाइल डिलेट (मेटाउने) धक्मी दिने गर्दछन। जफत भएको उक्त डाटालाई बचाउन साइबर आक्रमणकारीले कुनै पेमेन्ट नेटवर्क मार्फत मोटो रकम तिर्न लगाउदछन।

कहिलेकाहीं यस्ता साइबर आक्रमणकारीले व्यक्तिहरुको तस्विर, भिडियो, र अन्य फाइल लक गर्दिन्छन र यसलाई पुन प्राप्ति गर्नका लागि फिरौती रकमको माग गर्दछन।    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved