साउदी फुटबल टिमले मौनधारण गर्न नमानेपछि .........

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 10, 2017 | 11:27:51 AM मा प्रकाशित

laxmi  sunrise bank

साउदी अरबको राष्ट्रिय फुटबल टिमले लण्डन ब्रिज हमलाका मृतक र पीडितहरुको लागि एक मिनेट मौनधारण गर्न नमानेपछी उत्पन्न बिबादमा माफि मागेको छ।  

अष्ट्रेलियाको एडीलेडमा जारि फुटबल विश्वकप छनौट प्रतियोगिता अन्तर्गतको खेलको क्रममा साउदी अरबको फुटबल टिमले लन्डन ब्रिज आक्रमणका मृतक र घाइतेहरुको लागि एक मिनेट मौनधारण नगरेपछी अष्ट्रेलियाली फुटबल प्रेमीले यस कार्यको कडा आलोचना गरेका छन। 'दुर्भाग्यपूर्ण' भन्दै साउदी फुटबल टिमको यस कार्यप्रति खेद प्रकट गरेका छन। 

फुटबल अधिकारीहरुले भने साउदी संस्कृतिमा मौनधारण राख्ने चलन नभएको बताएका छन। यद्दपी अष्ट्रेलियाका एक सांसदले भने यस कार्यबाट  अपमान भएको बताएका छन।  

फुटबल प्रेमीहरुले समेत मृतक र घाइतेहरुलाई साउदी फुटबल टिमले अपमान गरेको प्रतिक्रिया दिएका छन। फुटबलको विश्व संस्था फिफाले भने साउदी फुटबल टिमबिरुद्द कुनै कारबाही नगरिने स्पष्ट पारेको छ। फिफाले पुरै घटनाक्रमको समिक्षा गरिएको र साउदी टिमबिरुद्द अनुशाशन बिरुद्द कारबाही गर्नुको कुनै आधार नभएको बताएको बिबिसीले जनाएको छ। 

बुधबार साउदी र आयोजक अष्ट्रेलिया टिमबीच खेल भएको थियो। अधिकारीहरुले दुवै टिमलाई खेलसुरु हुनु पुर्व नै लन्डन आक्रमणका मृतकका लागि एक मिनेट मौनधारण राखिने जानकारी गराएका थिए। उक्त आक्रमणमा अष्ट्रेलियाका दुई जना नागरिकको समेत मृत्यु भएको थियो। जस कारण अष्ट्रेलियामा आयोजना गरिएको यस खेलमा मौनधारण महत्त्वपूर्ण थियो। 

साउदी अरबको फुटबल महासंघले शुक्रबार यस घटनाका कारण माफी समेत मागी सकेको छ। 'महासंघ हर प्रकारको आतंकबाद र अतिबादको निन्दा गर्छ र बेलायत सरकार र आक्रमणका मृतक परिवारप्रति समबेदना प्रकट गर्छ' महासंघद्वारा जारि बिज्ञप्तिमा उल्लेख छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved