टेलिकमको ल्याण्डलाइनमा विभिन्न सेवा निशुल्क, अब कलर आईडि र कल ट्रान्सफरको पैसा नलाग्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 18, 2017 | 04:43:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोनमा लाग्दै आएको केहि सेवाहरु निशुल्क प्रदान गर्ने निर्णय गरेको छ  । टेलिकमले फोन गरेको नम्बर देखिने सुविधा (कलर आईडी) सेवा , कल डाइभर्ट   सुविधा निशुल्क गरेको हो । 

 साउन १ गतेबाट यी सेवाहरु निशुल्क गरिएको नेपाल टेलिकमले जनाएको छ । अब ल्याण्डलाइन टेलिफोनमा कलर आईडी सेवा निशुल्क पाइने छ । यस्तै आइएसडी सेवा आफैंले बन्द गर्न र खोल्न सकिने, बारम्बार डायल गर्नुपर्ने नम्बरलाई कुनै दुई अंकमा सेभ गरी त्यही दुई अंक थिचेर नम्बर डायल गर्न सकिनेछ । साथै एउटामा आउने सम्पूर्ण कल अर्को नम्बरमा डाइभर्ट हुने र कल ट्रान्सफर सुविधा पनि निःशुल्क भएको छ ।

 टेलिफोन ब्यस्त हुँदा आउने कल अर्को नम्बरमा डाइभर्ट हुने बिजी कल ट्रान्सफर, ६ पटकसम्म घण्टी बजेपनि फोन नउठेमा अर्को नम्बरमा डाइभर्ट हुने ‘नो एन्सर ट्रान्सफर’, आवश्यक पर्ने समयमा अलार्मको रुपमा टेलिफोनमा घण्टी बजाउन वा समय सूचकको रुपमा प्रयोग गर्न सकिने ‘वेक अप कल’ र टेलिफोनमा कुरा भइरहेको बेला अर्को कल आएको थाहा पाउन प्रयोग गरिने ‘कल वेटिङ’ सुविधा पनि निःशुल्क भएको छ ।

त्यस्तै ग्राहकले टेलिफोन सेटमा आफूले राखेको लकिङ कोड आफैले टेलिफोन सेटबाट निशुल्क परिवर्तन गर्न सक्ने छन् । कलर आईडी सुविधा लिनका लागि दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नु पर्ने नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved