नेपाल टेलिकमले ल्यायो विभिन्न प्रमोशनाल अफर, डाटा सस्तो भयो, विदेशको फोन उठाउँदा बोनस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 30, 2017 | 05:25:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले जीएसएम/सीडीएमए तथा एडीएसएल/एफटीटीएच सेवाका ग्राहकहरुका लागि प्रमोसनल अफर उपलब्ध गराउने भएको छ। जस अनुसार अब  विदेशबाट आएको कल उठाउदा कम्पनीले बोनस दिने भएको छ । टेलिकमका अनुसार जीएसएम/सीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्यो भन्दा बढी कल रिसिभ गर्दा नेपाल टेलिकमको नेटवर्क भित्र ७ मिनेट भ्वाइस कल गर्न र ७ वटा एसएमएस निःशुल्क पठाउन सक्ने छन्।  यो अफर साउन १६ गते लागू  भई ९० दिनसम्म रहने टेलिकमले जनाएको छ।


यस्तै टेलिकमले १ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट कर सहित मासिक रु. १००० मा उपलब्ध गराउने अफर पनि ल्याएको छ।  पहिले मासिक १०१७ मा २५६ केबीपीएस गतिको एडीएसएल उपलब्ध थियो। 

त्यसैगरी टेलिकमले भोल्युम बेस्ड एडीएसएलको मूल्य पनि घटाएको छ। पहिले २१ जीबी डाटाको लागि रु. १९८० शुल्क पर्नेमा  अब १५ जीबी डाटा रु. ३००– मै उपलब्ध हुने  छ। त्यस्तै २५ जीबी डाटाको रु. ५०० र ४० जीबीको डाटाको मूल्य रु. ७००  तोकिएको छ। यी डाटाको गति १ एमबीपीएस सम्म हुनेछ।

टेलिकमले दर्ता शुल्क पनि घटाएको छ। पहिले दर्ता शुल्क कर वाहेक रु. ५०० भएकोमा अब भोल्युम बेस्ड डाटाको लागि कर वाहेक रु. २०० र अनलिमिटेड डाटाको लागि रु. ३००  दर्ता शुल्क तोकिएको छ।

यस्तै अब पहिलेकै मूल्यमा पहिले भन्दा डबल भोल्युमको एफटीटीएच सेवा प्राप्त गर्न सकिने भएको छ।  सो अनुरुप १० एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि २४० जीबी, ६ महिनाका लागि ५०० जीबी र १२ महिनाका लागि १२०० जीबी डाटा पहिलेकै मूल्यमा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।  त्यसैगरी १०० एमबीपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि १२०० जीबी डाटा प्रयोग गर्न सकिने टेलिकमकी प्रबक्ता प्रतिभा बैद्यद्वारा जारी बिज्ञप्तिमा जनाईएको छ ।

हेर्नुस विज्ञप्ति। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved