बिश्वभर फेसबुक बन्द !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 28, 2016 | 04:09:47 AM मा प्रकाशित

laxmi  sunrise bank

शिर्षक सुन्दै तपाईलाई अचम्म लाग्यो होला तर यो सत्य हो । आज बिश्वभर फेसबुक बन्द भएको छ । फेसबुक सधैका लागि बन्द भएको नभएर केही क्षणका लागि फेसबुक डाउन भएको हो ।

 

फेसबुक करिब १० देखि १५ मिनेटसम्म डाउन भएको हो । एक्कासी फेसबुक बन्द भएपछि विश्वभरका फेसबुक प्रयोगकर्ताहरु अचम्मित मात्रै बनेन तहल्का समेत मच्चियो । फेसबुक बन्द भएपछि यस बारेमा गुगलमा सर्च गर्नेदेखि ट्विटरमा ह्यासट्यागको ट्रेन्डस समेत चल्यो ।

फेसबुकमा डाउन हुँदा 'सरी समथिङ वेन्ट रङ, वि आर वर्किङ अन इट एन्ड वि विल गेट इट फिक्स्ड एज सुन एज वि क्यान' लेखिएको सन्देश देखिएको थियो । फेसबुक डाउन भएको यो नै पहिलो पटक भने होइन । यस अघि पनि सन् २०१० को सेप्टेम्बरमा करिब साढे २ घण्टा फेसबुक बन्द भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved