दूरसञ्चार कम्पनीको शेयर बिक्री गर्न पूर्व स्वीकृती अनिवार्य

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 12, 2018 | 06:01:44 PM मा प्रकाशित

laxmi  sunrise bank

दूरसञ्चार कम्पनीको शेयर बिक्री गर्न पूर्व अनिवार्य रुपमा नेपाल दुरसंचार प्राधिकरणको स्वीकृती लिनु पर्ने भएको छ  । दूरसञ्चार सेवा सञ्चालन अनुमति प्राप्त कम्पनीले चुक्ता पूँजीको पाँच प्रतिशत भन्दा बढी शेयर खरिद वा बिक्री गर्नु अगाडि  प्राधिकरणको अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने ब्यबस्था गरिएको हो  । प्राधिकरणले दूरसञ्चार नियमावली, २०५४ को सातौ संशोधनबाट यस्तो ब्यबस्था लागु गरेको हो । 

त्यस्तै प्राधिकरणले  दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमति पाएकाले एक प्रतिशतभन्दा बढी इक्वीटी वा ऋण दिई लगानी गर्न पनि प्रतिबन्ध लगाएको छ। साथै  सेवा प्रदायकहरुले तोकिएको समयमा रोयल्टी रकम नबुझाएमा बुझाउन बाँकी रहेको रकमको दुई प्रतिशतका दरले प्रत्येक महिना थप दस्तुर लाग्ने व्यवस्था गरी दूरसञ्चार नियमावली, २०५४ मा पनि संशोधन गरेको छ ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved