सुधारसहित टेलिकमको सापटीसेवा पुन सुचारु, यस्ता छन् बिशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2019 | 12:52:52 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल टेलिकमले संचालनमा ल्याएको ‘नमस्ते क्रेडिट सेवा’ थप सुधारसहित पुन संचालनमा आएको छ । यस सेवा अन्तर्गत प्रिपेड प्रयोगकर्ताले फोनमा कुरा गर्दा गर्दै पैसा सकिएमा टेलिकमले तुरन्त सापटी दिने छ र फोन काटिने छैन ।

यो सेवा सुचारु गर्नको लागि ग्राहकले START लेखेर १४७७  मा एसएमएस गर्नु पर्ने छ । सेवाको अवस्थाबारे थाहा पाउन STATUS लेखेर १४७७ मा पठाउनु पर्ने छ  । त्यस्तै सेवा हटाउन STOP लेखेर १४७७ मा पठाउनु पर्ने छ  । नयाँ ब्यबस्था अनुसार सेवा लिने वा नलिने निर्णय गर्हक आफैले गर्नु पर्ने छ  । 

टेलिकमले यस सेवा अन्तर्गत ५ देखो २० रुपैयाँसम्म सापट दिने छ जुन रिचार्ज गरेपछि ब्यालेन्सबाट काटिने छ  । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved