नेपालभर एनसेलको सिम बहिष्कार अभियान सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2019 | 11:12:03 AM मा प्रकाशित

laxmi  sunrise bank

सरोकारवालाहरुले निजि क्षेत्रको सबैभन्दा ठुलो टेलिकम सेवा प्रदायक कम्पनि एनसेल एक्जियटाको एनसेलको सिम बहिस्कार गर्ने अभियान थालेका छन् । सरकारलाई ४० अर्ब भन्दा बढी राजश्व नबुझाउने छलकपट गर्न थालेपछि अभियान थाल्नुपरेको सरोकारवालाहरुले जनाएका छन।   

पुँजीगत लाभकर बापतको शुल्क तिराउन सक्रिय अधिवक्ता तथा एनसेलको विपक्षमा बहस गर्दै आएका अधिवक्ता सुरेन्द्र भण्डारीको नेतृत्त्वमा  अभियान थालिएको छ। सरोकार समूहले विज्ञप्ति जारी गर्दै जबसम्म एनसेलले विभिन्न बाहनामा कर तिर्न खेलाची गर्छ त्यो बेलासम्म सबैले एनसेलको सिमकार्ड प्रयोग नगर्न सबै उपभोक्तालाई आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ- ‘ऐनसेलले पुँजीगत लाभकर तिर्नु पर्दछ भनेर हामीले सर्बोच्च अदालतमा सार्बजनिक सरोकारको मुद्दा दायर गरेका थियौं । सो मुद्धामा सर्बोच्च अदालतले निर्णय गर्दा ऐनसेलले पुँजीगत लाभकर तिर्नु पर्छ भनि आदेश गरेको छ । सर्बोच्च अदालतले नेपाल सरकारलाई उक्त निर्णय कार्यान्वन गर्न परमादेशको पुर्णपाठ जारी भए पश्चात निर्देश गरेको र ठुला करदाता कार्यालयले सोमबार ऐनसेललाई ३९ अर्ब ६० करोड लाख ८४ हजार ८१५ रुपैयाँ ७१ पैसा कर चुक्ता गर्न पत्राचार गरेकोमा ऐनसेल पुनः सर्बोच्च अदालतमा ठुला करदाता कार्यालय बाट बढि कर निर्धारण गरियो भनी रिट निबेदन प्रस्तुत गर्न पुगेको छ । यस सम्बन्धमा ऐनसेलले पुँजीगत लाभकर तिर्नु पर्छ भनि सर्बोच्च अदालतमा रिट निबेदन लिएर जाने हामी सम्पूर्ण रिट निवेदकहरु, ऐनसेल सरोकार समूह र नेपालका लागी नेपाली अभियान संग सँलग्न सम्पुर्ण ब्यक्तिहरुको ध्यान आकृष्ट हुन पुगेको छ ।’ 

‘एनसेलले कर तिर्नुपर्छ भनेर निर्णय गर्यो, निर्णय पश्चात नेपाल सरकारलाई एनसेलबाट कर अशुल गर्न जानकारी दिइयो, नेपाल सरकार ठूला करदाता कार्यालयले ७ दिन भित्र झन्डै ४० अर्ब कर रकम चुक्ता गर्न एनसेललाई पत्र लेख्यो,’ भण्डारीले आफ्नो फेसबुकमा भिडियो सन्देशमा भनेका छन्,‘७ दिन पुग्ने दिन एनसेलले सर्वोच्च अदालतमा अर्को मुद्दा दायर गरेर कर नतिर्ने र यो मुद्दाको निर्णय हुन समय लागुन्जेलसम्म अर्थात १/२ वर्षसम्म लम्ब्याउने कर नतिर्ने छलकपट र परिपञ्च गरेको छ ।’

भण्डारीले यति ठूलो रकम मुलुकको ढुकुटुीमा नआउँदा राष्ट्रको अहित हुने बताए । मुलुकलाई माया गर्ने प्रत्येक नेपालीले एनसेलले कर तिर्न आनाकाकानी गरेसम्म एनसेलको सिम बहिस्कार गर्न उनले सार्वजनिक रुपमै आह्वान गरेका छन् ।

‘एनसेलले कर नतिर्दासम्म प्रत्येक नेपालीले एनसेलको सिम प्रयोग नगरौँ । यसो गर्यो भने मात्रै एनसेलले कर तिर्नसक्छ । अन्यथा एनसेलले मुद्दा गर्ने बहानामा विभिन्न छलकपटका नाममा कर नतिर्ने र लम्ब्याउने काम गर्छ,’ उनले भने,‘जसले मुलकलाई ठूलो घाटा हुन्छ । मुलुकलाई मायाँ गर्ने प्रत्येक नेपालीहरु अब उठौँ जागौँ । र हामीले एनसेलको सिम कार्ड आजैदेखि प्रयोग गर्न बन्द गरौँ ।’

एक्जिएटा कम्पनीले तिर्नु पर्ने ८० प्रतिशतको लागि मात्रै पुँजीगत लाभकर निर्धारण नगरी २० प्रतिशतको नेपाली पक्षले तिर्न बाँकि रहेको ११ अर्ब भन्दा बढी पुँजीगत लाभकर रकम समेत तिराउन ठुला करदाता कार्यालयलाई आग्रह गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved