टिप्स: हड्डी मजबुत बनाउन खानैपर्ने ७ खानेकुरा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 08, 2017 | 08:42:57 AM मा प्रकाशित

laxmi  sunrise bank

हामीले स-साना कुरामा पनि ध्यान दिन सक्यौँ भने स्वस्थ हुन सक्छौँ। यति मात्र होइन बारम्बार डाक्टरकहाँ जानुपर्ने बाध्यताबाट मुक्ति पाउन सक्छौं। यहाँ त्यस्तै केही महत्वपूर्ण टिप्सहरु मध्ये स्वस्थ हुनका लागि हड्डी बलियो कसरी राख्ने भन्ने टिप्स प्रस्तुत गरिएको छ।

स्वस्थ हुनका लागि हड्डी बलियो हुन आवश्यक छ। त्यसमा पनि उमेर बढेसँगै हड्डीलाई स्वस्थ राख्नका लागि खानपिनमा बिशेष ध्यान दिनु पर्नेहुन्छ। हड्डीलाई स्वस्थ राख्न नियमित ब्यायामको जति आवश्यक छ त्यति नै खानपिनको सन्तुलन पनि आवश्यक छ। फिजियोथेरापिस्ट डा. गितेश अमरोहितले यस्ता ७ बानीबारे जानकारी दिएका छन् जसले हड्डीलाई कमजोर बनाउने गर्दछ ।

नुनिलो खानेकुरा:

नुनिलो, चिप्सजस्ता खानेकुरामा सोडियमको मात्रा अत्यधिक हुन्छ । यसलाई धेरै खाँदा शरिरको क्याल्सियम पिसाबसँगै बाहिर निस्कने गर्दछ । यसले हड्डी कमजोर हुन थाल्छ ।

गुलियो खाँदाः

गुलियो खानेकुरा र पेय पदार्थमा फस्फोरिक एसिडजस्ता तत्वको मात्रा अत्यधिक हुन्छ । नियमित रुपमा यसको सेवनले हड्डी कमजोर हुनसक्छ ।

कफी पिउँदाः

कफीमा भएको क्याफेनले ‘बोन मास डेन्सिटी’ कम गर्ने गर्दछ । धेरै कफी पिउँदा हड्डी कमजोर हुने गर्दछ भने अस्टियोपोरोसिसको आशंका बढ्ने गर्दछ ।

रक्सी पिउँदा

धेरै रक्सी पिउँदा शरिरमा क्याल्सियम र भिटामिन डीको कमी हुने गर्दछ । यसले हड्डी कमजोर हुने गर्दछ ।

चकलेट

चकलेट धेरै खाँदा शरिरमा चिनी र अक्सेलेटको स्तर बढ्ने गर्दछ । यसले क्याल्सियम राम्रो तरिकाले अवशोषित हुन पाउँदैन र हड्डी कमजोर हुन थाल्छ ।

सप्लिमेन्ट

भिटामिन ‘ए’ प्राकृतिक स्रोत जस्तै फलफूल वा खानाबाट प्राप्त गरे यसले शरिरमा फाइदा पुर्याउँछ तर यदि यसको सप्लिमेन्ट धेरै मात्रामा लिँदा यसले हड्डी कमजोर बनाइदिने गर्दछ ।


जंक फूड 

जंक फूड जस्तै बर्गर, पिज्जा र पास्तामा सोडियमको मात्रा धेरै हुन्छ । यसले शरिरमा क्याल्सियमको मात्रालाई कम गर्ने गर्दछ जसले हड्डी कमजोर हुन थाल्छ ।

हड्डीलाई बलियो बनाउने टिप्सः

क्याल्सियम डाइटः

डाइटमा हरियो सागसब्जी, दुध, दही, ड्राई फ्रुट, माछा, गेडागुडी, मेवा, सुन्तला समावेश गर्नुहोस् । यसले शरिरमा पर्याप्त क्याल्सियम प्रदान गर्दछ र हड्डी बलियो बनाउँछ ।

डोरी खेल्नुहोस् (स्किपिङ गर्नुहोस्)

अमेरिकी जर्नल अफ हेल्थको अनुसन्धान अनुसार बिहान बेलुका १०–१० पटक स्किपिङ गर्दा हड्डी बलियो हुन्छ ।

दैनिक बिहान ५–१० मिनेट घाम ताप्दा शरिरमा पर्याप्त मात्रामा भिटामिन –डि पाइने गर्दछ । यसले शरिरमा क्याल्सियमको स्तरलाई नियन्त्रणमा राख्छ ।

जैतुनको तेलः

स्पेनमा गरिएको एक अनुसन्धानमा यो पुष्टि भएको छ कि खानामा जैतुनको तेल प्रयोग गर्दा हड्डी बलियो हुने गर्दछ ।

धनियाः

धनियामा २.९ प्रतिशत क्याल्सियम पाइन्छ । यसलाई नियमित खानामा समावेश गर्दा हड्डी बलियो हुने गर्दछ ।

लसुनः

लसुनलाई दुधमा उमालेर खिरजस्तो बनाएर खाँदा हड्डी बलियो हुने गर्दछ ।

प्याजः

प्याजमा सल्फरको मात्रा धेरै हुन्छ जुन हड्डी बलियो हुनका लागि आवश्यक पर्दछ । त्यसकारण यसलाई दैनिक खानामा समावेश गर्नुहोस् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved