समय व्यवस्थापनका लागि बैंकर दाहालको दर्जन बढी टिप्स

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 12, 2017 | 09:26:36 PM मा प्रकाशित

laxmi  sunrise bank

हुत्तराज दाहाल 

एउटा व्यवस्थापकले आफ्नो समय उच्चतम उत्पादन गर्न व्यवस्थापन गर्ने तरिकालाई समय व्यवस्थापन भनिन्छ। यसको मुख्य लक्ष्य समयको सहि सदुपयोग गरी उच्चतम फाइदा आर्जन गर्नु हो। कुनै पनि उदेश्य बनाउदा खेरि (स्मार्ट) लाई मध्य नजर गरी बनाइनु पर्दछ। 

समय एकदम दुर्लभ र संचय गर्न नसकिने धन जस्तै भएकाले यसको सहि सदुपयोग गर्न सकेमात्र लक्ष्य हासिल गर्न सकिन्छ। कुनै पनि ब्यक्तीले कुन समयमा के काम गर्ने भन्ने कुरा स्पष्ट कार्यतालिका हुनुपर्छ। धेरै समय लाग्ने कुन काम हो र कम समय लाग्ने कुन काम हो त्यो छुट्याउनु पर्छ। आफ्नो समय कसरि खर्च भईरहेको छ। त्यसको पनि सहि विश्लेषण हुनुपर्दछ। 

आफ्नो दैनिक क्रियाकलापको योजना बनाउनु पर्दछ। आज दिनभरी के काम गर्ने र दिनको अन्त्यमा के के कार्यहरु भए त्यसको समिक्षा गर्नु पर्दछ। आफ्नो कामको तालिका बनाएर यो यो काम पनि खेर गर्ने भनेर कार्य गर्यो भने उच्चतम सफलता हासिल हुन् सक्छ। यसको लागि अहिले आएको आधुनिक सूचना प्रविधिको पनि सहायता लिन सकिन्छ। जस्तै आफुलाई बानी पार्न अलार्म राख्ने, रिमाइन्डर राख्ने जस्ता कुराहरुबाट पनि समयको सहि सदुपयोग हुनसक्छ। 

आफुलाई फाइदा नहुने अनावश्यक खालको कार्यमा संलग्न नहुने र खराब संगतको साथिभाईहरु संग सम्बन्ध छुटाईदिने गरियो भने आफ्नो उच्चतम लक्ष्य हासिल गर्न सकिन्छ। त्यसैगरी अहिले आएको सामाजिक संजाल फेसबुक, ट्वीटर जस्ता चीजहरुमा अनावश्यक समय बिताउनु पनि लाभदायक होइन। 

हो, सूचना लिनु पर्छ तर सामाजिक संजाल हुने खराब कुराहरु अतिरन्जित पार्ने भाईरल बनाउने जस्ता अनावश्यक कुराहरुको पछाडी लाग्नु हुदैन। यसले समय, धन र इज्जतको बर्बादी समेत गर्न बेर लगाउदैंन। 

आफुले समयको किन व्यवस्थापन गर्न सकिरहेको छैन भन्ने कुराको पहिचानपनि गर्नुपर्दछ। आफुलाई थाहा नभएको बिषयमा गलत व्याख्या गरि सूचना दिनुपनि हुँदैन। समयको प्रत्येक मानसपटलमा राखी त्यहि अनुसार गर्नु पर्दछ। आफ्नो समय कसरी कहाँ खेर गैरहेको छ, त्यसको जर पत्ता लगाई सबभन्दा ठुलो कुरा भनेको तालिका बनाएर त्यो अनुसार ब्यक्ती चल्न सक्यो भने मात्र उसले लक्ष्य हासिल गर्न सक्छन। 

भनिन्छ, यदी योजना मुताविक कार्य गर्यो भने त्यो सफल हुन्छ। उदेश्य पनि निश्चित गर्नुपर्छ। आफुले नसक्ने खालको लक्ष्य हासिल गर्न खोज्यो भने पनि त्यसले मानसिक विचलन ल्याउन सक्छ। आफ्नो के कुरा पहिले गर्ने हो त्यसको प्राथमिकता पहिचान गरेर कार्य गर्नुपर्दछ। अरुलाई काम लगाउन र अरुबाट काम सिक्ने खुबी पनि हुनुपर्छ। आफुले बनाएको तालिका अनुसार आफु चलेको छ कि छैन भन्ने कुराको ख्याल राख्नु पर्छ। समयसिमा कति हो त्यसको निश्चित गर्नुपर्छ। कुनै पनि समय पर्खेर खेर फाल्नु भनेको मुर्खतापूर्ण कार्य हो। 

प्रत्येक मिनेटको महत्त्व हुने हुनाले के के कार्य गर्ने, कुन कार्य लाई कति समय दिने भन्ने समय व्यवस्थापन हुनु जरुरि छ। कुन काम महत्त्वपूर्ण हो त्यसलाई प्राथमिकता अनुसार गर्नुपर्छ। महत्त्वपूर्ण काम, कम महत्त्वपूर्ण काम र गर्न हुने काम र गर्न नहुने कामको सुची तयार पार्नुपर्छ। पहिले गर्नुपर्ने कार्यलाई पहिले नै गर्नुपर्छ। र पछी गर्दा पनि हुने कामलाई सोहि अनुरुप प्राथमिकताको क्षेत्रमा पार्नुपर्दछ। कामलाइ स-सानो टुक्रामा विभाजन गरी गरेमा कार्यकुशलता हासिल गर्न सकिन्छ।    

आफ्नो उदेश्य के हो त्यो बिषयमा पनि स्पष्ट हुनुपर्दछ र योजनाबद्ध ढंगबाट कार्यसम्पादन गरे मात्र सफलता हासिल हुन्छ। कुनै पनि निर्णय गर्दा सोधेर समयमै निर्णय लिनु पर्दछ। कुनै पनि कार्य गर्दा संस्थागत हितलाई ध्यान दिई न्युनतम लागतमा कार्य सम्पादन गर्नुपर्छ। उच्चतम नतिजा निकाल्ने हिसाबले कार्य गर्नुपर्छ। कार्य सबैले गरेका हुन्छन तर तनाबलाई न्यूनीकरण हुने ढंगबाट कार्य गरेमा सफलता प्राप्त हुन्छ। कार्यमा गुणस्तर र न्युनतम स्तर निर्धारण गर्नु पर्छ। 

आफुले गर्ने कामको सुची बनाएर प्राथमिकता अनुसार गरेमा सहजै सफलता हासिल गर्न सकिन्छ। कुन काम आफु गर्ने, कुन काम अरुलाई गर्नImage result for time management लगाउने त्यो पनि छुट्याउनु पर्छ। सबै काम एक्लैले गर्न सम्भव हुँदैन। भनिन्छ, आफुले कुनै काम गर्न सकिंदैन भने त्यसलाई छुट्याएर अलग्गै राख्नु पर्छ। कुन समयमा कुन काम गर्ने हो प्राथमिकता अनुरुप कार्य गर्नुपर्दछ। प्रत्येक कामको परिणाम के हो त्यसको हेक्का राख्नु पर्छ। कुनै काम नगर्दा पनि हुनेछ भने त्यसलाई समय खर्चिनु उचित हुँदैन। 

कार्यालयको समयमा नचाहिने भेटघाटलाई हटाएर पनि समयको बचत गर्न सकिन्छ। बिना उदेश्य घन्टौसम्म छलफल गर्नुपनि लाभदायक हुँदैन। प्रत्येक कर्मचारीले आफ्नो तालिका बनाएर कुन काम कति खेर गर्ने हो, त्यसको नोट व्यवस्थापन गर्ने हो भने पन समयको बचत हुन्छ। 

कार्यालय समयमा दौडेर पुग्ने तर त्यहाँ गएर नचाहिंदा गफ गरेर समय बर्बादी पार्ने र काममा दत्तचित्त भएर नलाग्दा पनि संस्थागत र व्यक्तिगत रुपमा कार्यदक्षता घट्ने गर्छ। कार्यसम्पादन प्रक्रियालाई सरलीकरण गरेर पनि समयको बचत गर्न सकिन्छ। कति समयमा कार्य सक्ने हो त्यसको अन्तिम समय तोक्ने हो भने पनि समय व्यवस्थापन हुन्छ। 

सबै कर्मचारीको स्पष्ट कार्यविभाजन भयो भने मात्र सहि ब्यक्तीले सहि समयमा सहि काम गर्न सक्छ। त्यसैगरी के गर्दा कार्य छिटो र गुणस्तरीय हुन्छ त्यसको प्रयोग गर्नुपर्दछ। सम्पूर्ण काम एक्लै गर्न खोज्नु हुँदैन। सबै मिलेर या अधिकार प्रत्यायोजन गरेर मात्र कार्य गरेमा समय व्यवस्थापन हुन्छ, कार्यक्षमता बढ्छ, प्रभाबकारी हुन्छ। सकेसम्म थोरै समयमा हुने बैठक छ भने लामो समयलाई निरुत्साहित गर्नुपर्छ। 

Image result for time managementखाजा खाने समय निश्चित हुनुपर्छ। प्रत्येक कर्मचारीको कार्यसम्पादनको मुल्यांकन हुन पर्छ अनि मात्र कर्मचारीले उत्प्रेरित भई कार्य गर्ने गर्दछन। बैठक बस्दा कार्यालयको समयलाई सकभर असर नपर्ने ढंगबाट गर्नुपर्छ। 

कुनै पनि निर्णय गर्दा विचार पुर्याएर समयमा नै गर्नुपर्छ। समय सिमालाई ख्याल पुर्याउनु पर्दछ। योजनाबद्ध कार्यशैली अवलम्बन गर्ने हो भने पनि समयको व्यवस्थापन हुन्छ। समय भित्र नै आफ्नो कार्य सम्पादन गर्न सक्नुपर्छ। तालिका बनाएर कार्य गर्ने, बिभिन्न इमेल, इन्टरनेट मार्फत सूचना लिने संजाल बलियो बनाइयो भने पनि सूचना पनि प्राप्त हुन्छ र समयको व्यवस्थापन पनि हुन्छ। 

बिभिन्न समय व्यवस्थापन सम्बन्धि तालिम लिने, भोलि गर्न भनिएको काम आजै गर्ने प्रयास गर्ने, आज गर्ने भनेको काम तत्काल गर्न प्रयास गर्ने गरेमा समेत समय व्यवस्थापन हुन्छ र उल्लेख्य प्रगति हासिल गर्न सकिन्छ। 

लेखक बैंक अफ काठमान्डू लिमिटेडका क्षेत्रीय निक्षेप अधिकृत हुन

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved