यी ८ खानेकुरा, जस्ले तनाव हटाउँछ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 24, 2017 | 05:59:55 PM मा प्रकाशित

laxmi  sunrise bank

कुरिलो

तनाव उत्पन्न भएको बेला शरीरलाई शान्त र पूर्ववत अवस्थामा ल्याउन भिटामिन बीको आवश्यकता पर्छ । त्यही भएर तनाव उत्पन्न भएको बेला कुरिलोको तरकारी, झोल अथवा अचार खानु लाभदायक हुन्छ ।

ब्रोकाउली

ब्रोकाउलीमा फोलिक एसिड पाइन्छ, जसले तनाव कम गर्छ मद्दत गर्छ । तनावपूर्ण अवस्थामा खानासँग ब्रोकाउली खानु उपयुक्त हुन्छ ।

दूध

दूधमा ट्राइप्टोफान नामक तत्व हुन्छ, जुन खाएपछि दिमागलाई फ्रेस र कुल बनाउने सेरोटोनिन नामक तत्वमा परिवर्तन हुन्छ । साथै, दूधमा पाइने क्याल्सियम, म्याग्नेसियम र पोटासियमले तनावको घडीमा रक्तचाप बढ्नबाट पनि जोगाउँछ ।

चिसो पानी

तनाव उत्पन्न भएको बेला चिसो पानी पिउनु पनि लाभदायक हुन्छ । चिसो पानी पिएर खुला ठाउँमा डुल्न गयो भने रगतमा इन्डोर्फिन नामक तŒव उत्सर्जन हुन्छ, जसले दिमागलाई तनावमुक्त गराउँछ ।

केरा

केरामा पोटासियम र कार्बोहाइड्रेट प्रचुर मात्रामा पाइन्छन् । केरा खानाले शरीरमा सेरोटोनिन नाम गरेको न्युरोट्रान्समिटर बढी उत्सर्जन हुन्छ, जसले तनाव कम गरी मानिसलाई शान्त राख्न मद्दत गर्छ । तनाव छ भने दिनमा दुइटा केरा खाने गर्नुस् ।

स्याउ

स्याउमा फोस्फोरस र आइरन प्रशस्त मात्रामा पाइन्छन्, जसले तनाव कम गर्न मद्दत गर्छन् । तनाव उत्पन्न भएको बेला खुम्चिएका कोषिकालाई यसले पूर्वअवस्थामा ल्याउन मद्दत गर्छ, जसले गर्दा तनावको असर कम हुँदै जान्छ । खासगरी तनावपूर्ण अवस्थाबाट गुज्रिएको बेला प्रतिदिन एउटा स्याउ खानु उपयुक्त हुन्छ ।

अमला

तनावका असर कम गर्न उपयोगी अर्को फल हो, अमला । अमलामा भिटामिन सी पाइन्छ, जसले तनाव उत्पन्न भएका कारण रगतमा आएको रासायनिक परिर्वतनलाई पूर्ववत अवस्थामा पु¥याउन मद्दत गर्छ । त्यही भएर तनावपूर्ण दिनहरूमा प्रतिदिन दुइटा अमला खाने गर्नु राम्रो हुन्छ ।

जौ

जौमा घुलनशील फाइबरको मात्रा उच्च हुन्छ, जसले तनावका कारण कोलेस्टरोलको मात्रामा हुनसक्ने वृद्धि र मुटुसम्बन्धी रोगलाई रोक्न मद्दत गर्छ । तनावपूर्ण दिनमा जौको पिठोबाट बनेका खानेकुरा खानु राम्रो हुन्छ । एजेन्सीको सहयोगमा 


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved