नेप्से इन्डेक्स कतिमा आएपछि कस्ता कम्पनीको सेयर उठाउने, यस्ता छन निर्मल प्रधानका 'टिप्स'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 28, 2018 | 07:28:57 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली सेयर बजारमा 'निर्मल बाबा', 'वारेन वफेट' जस्ता उपमा पाएका निर्मल प्रधान त्यस्ता व्यक्ति हुन, जो आफुलाई बजारको ठुलो खेलाडी नै घोषणा गर्दै आएका छन। 

नेपाल सेयर हबले काठमाडौंको दाब कलेजमा आयोजना गरेको पुंजीबजार सम्बन्धि 'एक दिने सेयर कार्यशाला गोष्टि' कार्यक्रममा प्रधानले आफ्नो अनुभव र सेयरबजारको पछिल्लो अवस्थाबारे जानकारी दिंदै पुंजीबजारको भविष्य उत्कृष्ट रहेको बताएका छन।

४५ बर्षको उमेरमा पुंजीबजारमा प्रवेश गरेका प्रधानले जीवनभरको कमाई सेयर बजारमा लगानी गर्दा उक्त लगानी ४५ दिनमा नै 'शुन्य' भएको तितो अनुभवबाट आफ्नो भनाई सुरु गरे। फिल्म निर्देशक समेत रहेका प्रधानले कुनै बेलाको चर्चित फिल्म 'कान्छी' बाट कमाएको पुरै पैसा सेयर बजारमा लगानी गर्दा उक्त लगानी 'जिरो' मा आएको चोटले नै आफुलाई सेयर बजारको 'ठुलो खेलाडी' बनाएको सुनाए।

२०५६-५७ सालमा आफुले ठुलो क्षति बेहोरेपनि धैर्यता र संयमता अपनाउँदा २०६२ सालमा आफ्नो लगानीले कयौं गुणा बढी प्रतिफल दिएको उनले सुनाए। कारोबारी भन्दा लगानिकर्ताले बजारबाट कमाई गर्ने अनुभव सुनाउदै प्रधानले कार्यक्रममा उपस्तिथ ३०० भन्दा बढी लगानीकर्तालाई धैर्य भएर राम्रा स्क्रिप्टमा दीर्घकालीन लगानी गर्न सुझाब दिए। 

सेयर बजारमा लगानी गर्न हिम्मत र ठुलो छाति चाहिनने बताउदै प्रधानले अथाह सम्भावनाको बजार भएकाले धर्यता अनिवार्य हुन्छ भने। नेप्से परिसूचक यति बेला यहीं आउँछ भन्ने दाबी कसैले गर्न नसकेपनि यसको ट्रेन्डको अनुमान भने गर्न सकिने उनको भनाई छ। आफुले ३ पटक बुल र बियरिसको अनुभव लिएको सुनाउदै प्रधानले लगानीकर्ताले नेप्सेको 'डिप पोइन्ट' कहाँ हो भनेर लगानीकर्ताले पहिचान गर्न सक्नुपर्ने बताए। 

अहिले बजार बियरिस ट्रेन्डमा रहेको बताउदै प्रधानले केहि व्यक्तिले नेप्से १२४० को आसपासमा आउने बताएको सुनाए। अहिले नेप्से कहाँ पुग्छ त्यसको चिन्ता लिन छोडेर बजार घटेको बेला कसरि सेयर किन्ने भनेर लगानीको जोहो गर्न उनले सुझाब दिए।

जसले जे भनेपनि नेप्से ११७५ भन्दा तल नआउने प्रधानले ठोकुवा नै गरे। जुन बेला नेप्से १२४० बाट तल आउँछ त्यो बेला सेयर उठाउन प्रधानले सुझाब दिए। एकै पटक नभई पहिले लगानी रकमको १० प्रतिशत, नेप्से अलि घटेपछी अर्को १० प्रतिशत गरेर क्रमिक रुपमा सेयर उठाउन प्रधानले सुझाब दिए। 

१८७० को इन्डेक्सलाई क्रस नगर्दा सम्म नेप्से तल नझर्ने दाबि गर्दै प्रधानले भने, अबको बुलमा नेप्से कति पुग्छ त्यो अहिले अनुमान नगरौं तर अर्को बुलमा नेप्से ५००० क्रस गर्छ।'

'निर्मल प्रधानले बैंकहरुको स्क्रिप्टमा मात्र लगानी किन गर्छ ?' भन्ने एक लगानीकर्ताको प्रश्नको उत्तरमा प्रधानले नेप्सेमा सुचिकृत अन्य कम्पनीहरुको तुलनामा बैंकहरुमा नियमनकारी निकायले कडाई साथ नियमन गरेको र अन्य क्षेत्र भन्दा यस क्षेत्रका कम्पनीको हिसाब किताबमा बढी पारदर्शिता भएकाले आफ्नो रोजाईमा बैंकहरु पर्ने बताए। 




 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved