बाइक वा स्कुटी चोरी हुनबाट जोगिन तत्काल अपनाउनुस यी १० टिप्स

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 16, 2018 | 08:30:29 AM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय पार्किंग गरिएको स्थल बाट नै सवारी साधन चोरी हुने क्रम बढेको छ  । बिशेषगरी बाइक र स्कुटी चोरी हुने क्रम बढ्दो छ  । महानगरीय ट्रफिक प्रहरी महाशाखा रामशाहपथले सवारी साधन चोरी हुन् नदिन साधनधनीहरुलाई विभिन्न उपाय अपनाउन सुझाव दिएको छ।  

सवारी साधन चोरी हुनबाट बच्नका लागी के गर्ने त् ? पढ्नुस ट्राफिक प्रहरी कार्यालयको १० टिप्स : 

१) सवारी साधनमा अत्याधुनिक प्रविधि (डिस्क लक, ह्विल लक, सेक्युरिटी साईरन) प्रयोग गरौँ ।
२) सकेसम्म आफ्नो दृष्टि पुग्ने स्थानमा सवारी साधन पार्किङ्ग गरौँ ।
३) घर कम्पाउण्ड भित्र पार्किङ्ग गर्दा पनि लकको प्रयोग गरौँ ।
४) टेष्ट ड्राईभको बाहानामा चोरी हुन सक्ने भएकोले सके सम्म सावधानी अपनाऔं।
५) सवारी साधन पार्किङ्ग गरिसके पछि सवारी साधनमै चाबी छुटे नछुटेको ध्यान दिऊँ ।
६) घर कम्पाउण्डमा लाईटको ब्यबस्था गर्नुका साथै घर कम्पाउण्डको लक प्रविधि दुरुस्त राखौँ । 
७) एउटै कम्पनिको एउटै रंगको सवारी साधन अरुले पहिले नै यदि पार्किङ्ग गरेको छ भने त्यस्तो स्थानको छेउमा सके सम्म पार्किङ्ग नगरौँ।
८) एकै स्थानमा लामो समय सम्म पार्किङ्ग नगरौँ ।
९) एकान्तमा सवारी साधन पर्किङ्ग नगरौँ ।
१०) एकै छिनको लागि भनेर कम्पाउण्ड बाहिर पार्किङ नगरौं ।

सवारी साधन बढी चोरी हुने गरेका सम्भावित स्थानहरुमा अस्पताल क्षेत्रका पार्किङ्गहरु,  फुटपाथमा रहेका सवारी साधनहरु,  एकान्तमा रहेका पार्किङ्ग स्थलहरु, घर कम्पाउण्ड / बाहिर राखिएका सवारी साधनहरु , अव्यवस्थित रुपमा प्रयोगमा ल्याईएका पार्किङ्ग स्थलहरु , भोज (पार्टी) को पार्किङ्ग स्थलहरु पर्दछन् । यस्ता स्थानहरुमा पार्किङ गर्दा होसियार रहन पनि महाशाखाले आग्रह गरेको छ ।

सवारी चोरी भए के गर्ने ?

कुनै पनि सवारी साधन चोरी भएको खण्डमा तपाईले तुरुन्त १०३ मा सम्पर्क गरी हराएको सवारी साधन सम्बन्धी बिस्तृत जानकारी टिपाउनपर्छ । सम्पर्क हुन नसके तपाईले १०० मा सम्पर्क  गरेर छिटो भन्दा छिटो सूचना दिनुपर्छ । फोन मार्फत टिपाइसकेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा,रामशाहपथ काठमाण्डौं मा गई निवेदन दर्ता गराउनुपर्छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved