प्रचण्ड गर्मीबाट कसरी जोगिने ? हेर्नोस् विज्ञका पाँच सुझाव

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 18, 2019 | 11:00:01 AM मा प्रकाशित

laxmi  sunrise bank

गर्मी बढ्ने क्रम जारी छ । नेपालमा मनसुन प्रवेश गर्न केही दिन लाग्ने अनुमान गरिएको छ । देशका विभिन्न स्थानको तापमान अझै बढ्ने मौसमविद्ले बताएका छन् । समयमै मनसुन प्रवेश नगरेका कारण गर्मी कम हुने सम्भावना नरहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

बुधबार बेलुकाबाट नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गर्ने र नेपालभरी फैलिन एक हप्ता लाग्ने मौसमविद्को अन्मान छ । बङ्गालको खाडीबाट आएको वाष्पयुक्त वायु अहिले भुटानमा पुगिसकेको छ ।

गर्मी उकालो लाग्ने क्रम नरोकिएपछि मौसमविद् पौडेलले गर्मीबाट जोगिन केही टिप्स उपलब्ध गराएका छन् ।

यस्ता छन टिप्सः

१) दिउँसो बाहिर ननिस्कने

मौसमविद् पौडेलका अनुसार गर्मी उकालो लागिरहेको छ । यस्तो बेलामा घाममा यात्रा गर्नु जोखिमपूर्ण हुन्छ । त्यसैले सकेसम्म बाहिर ननिस्कनु नै बुद्धिमानी हुन्छ । निस्किदा छाता बोकेर निस्कनु पर्छ ।

२) प्रशस्त पानी पिउने

गर्मी याममा शरीर सुख्खा हुन्छ । शरीरलाई सुख्खा राख्न नदिन प्रशस्त मात्रामा पानी पिउनुपर्छ । जमिन समेत तातो हुने भएकाले खाएको पानी केही समयमै शरीरबाट पसिनाको माध्यमबाट बाहिर निस्कन्छ । त्यसैले यो समयमा पानी जतिसक्दो धेरै पिउनुपर्छ ।

३) झोल चिजहरु खाने

खानामा झोल चिजहरु बढी खाने गर्नुपर्छ । सुख्खा चिजहरु कम खाने र झोलयुक्त चिज सेवन गर्नाले शरीरमा पानीको मात्रा आवश्यक अनुसार रहन मद्दत गर्छ ।

४) फलफूल खाने

मौसम अनुसारका फलफूल खानाले पनि गर्मीबाट केही टाढा रहन सकिन्छ । फलफूल सेवन गर्नु भनेको पनि शरीरमा पानीको मात्रा कायम राख्नु हो ।

५) चिसो रुमाल साथमा राख्ने

सफा पानीले भिजाएर चिसो रुमाल साथमा राख्नुपर्छ । खासगरी पैदल हिड्दा पसिना धेरै आउने भएकाले चिसो रुमाल निधारमा राख्नाले शरीरको भित्रसम्म सितल गराउँछ । फलस्वरुप गर्मी महशुस पनि कम हुन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved